अमेजनको वर्षा जंगल अवैध रुपमा बिक्रीमा राखिएको प्रति फेसबुकले कदम चाल्ने

  • Technology Khabar | २५ आश्विन २०७८, सोमबार
अमेजनको वर्षा जंगल अवैध रुपमा बिक्रीमा राखिएको प्रति फेसबुकले कदम चाल्ने

काठमाडौं ।

फेसबुकले अमेजनको वर्षा जंगलको सुरक्षित क्षेत्र अवैध रुपमा बिक्री गरिएको विरुद्धमा आवाज उठाउने भएको छ।

सोसल मिडिया जायन्ट फेसबुकले बीबीसीको अनुसन्धानपछि आफ्नो नीति परिवर्तन गरेको थियो।

नयाँ नियम आरक्षण क्षेत्रमा मात्र लागू हुने र सार्वजनिक जंगलका हकमा लागू नहुने प्रावधान छ।

यो नियमा अमेजनका हकमा मात्र लागू हुने र अन्य वर्षा जंगल तथा विश्वभरमा रहेका वन्यजन्तु आरक्षका हकमा भने लागू नहुने देखिएको छ।

आईपाम अर्थात् अमेजन वातावरणीय अनुसन्धान इन्स्टिच्युटले हालै गरेको एक अध्ययनका अनुसार विश्वभरमा हुने समग्र जंगल फँडानीको एक तिहाइ अमेजनको सार्वजनिक जंगलमा हुने गरेको पाइएको छ।

फेसबुकले अवैध विज्ञापनका बारेमा कसरी पत्ता लगाउने भन्ने नबताएको तर आफूले अमेजन वर्षा जंगलको सुरक्षित क्षेत्रमा रहेका जमीन बिक्रीका लागि गरिएको सूची पत्ता लगाएर ब्लक गर्ने बताएको छ।

गत फेब्रुअरीमा बीबीसी आवर वर्ल्ड डकुमेन्ट्री अन्तर्गत देखाइएको सेलिङ द अमेजन वृत्तचित्रले १ हजार ओटा फुटबल मैदान बराबरका जमीन फेसबुकको वर्गीकृत विज्ञापन सेवामा सूचीकृत भएको देखाइएको थियो।

प्रकाशित: २५ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार