मेगा बैंकका कार्ड प्रयोगकर्तालाई विशेष फेस्टिभल अफर, ईकमर्स कारोबारमा १५ प्रतिशतसम्म क्यासब्याक

  • Technology Khabar | २५ आश्विन २०७८, सोमबार
मेगा बैंकका कार्ड प्रयोगकर्तालाई विशेष फेस्टिभल अफर, ईकमर्स कारोबारमा १५ प्रतिशतसम्म क्यासब्याक

काठमाडौं ।

मेगा बैंक नेपालले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ईकमर्स कारोबारमा विशेष फेस्टिभल अफर ल्याएको छ।

मेगा बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ईकमर्स कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म क्यासब्याक र क्रेडिट कार्ड प्रयोगकर्तालाई ईकमर्स कारोबारको १५ प्रतिशत वा १ हजारसम्म क्यासब्याकको अफर ल्याएको हो।

यसैगरी, मेगा बैंकमा खाता खोली पहिलोपटक ईकमर्स कारोबार गर्ने डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई ईकमर्स कारोबारको २० प्रतिशतसम्म वा २ हजारसम्म क्यासब्याक सुविधा दिइने बैंकले जनाएको छ।

बैंकको अनुसार असोज २४ बाट कात्तिक २४ गतेसम्म सञ्चालन हुने यस अफर योजनामा सबैभन्दा बढी कारोबार गर्ने ५ जना डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई उपहार कार्डको व्यवस्था गरिएको छ।

यसैगरी, चाडपर्व भरी मेगा बैंकले इकमर्स कारोबारमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको छ। चाडपर्वको उपहार स्वरुप यस अफर ल्याइएकाले नजिकको शाखा कार्यालयमा गई खाता खोलेर डेबिट तथा क्रेडिट कार्डमार्फत क्यासब्याकको लाभ लिन मेगा बैंकले आग्रहहरुलाई अनुरोध गरेको छ।

प्रकाशित: २५ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार