
काठमाडौं ।
एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न चाडपर्वका अवसरमा ‘डिजिटल दशैं’ योजना ल्याएको छ।
यस योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकलाई बैंकले आकर्षक उपहारदेखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक तथा छुट प्रदान गर्नेछ।
ग्राहकलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ईकमर्श तथा पिओएस भुक्तानी एवं मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्युआर भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था बैंकले गरेको जनाएको छ।
बैंकले असोज २१ देखि कात्तिक २१ सम्म यस बैंकको भिसा कार्डमार्फत पिओएस कारोबार गर्ने ग्राहक महानुभावहरूलाई अधिकतम २५ प्रतिशतसम्म क्यासब्याकको योजना ल्याएको छ । जसअनुसार पहिलोपटक पिओएस कारोबार गर्दा १० प्रतिशत वा अधिकतम ५०, तेस्रोपटक कारोबार गर्दा १५ प्रतिशत वा अधिकतम १२५ र पाँचौंपटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम २५० सम्म क्यासब्याक अफर ल्याएको रहेको छ।
त्यसैगरी बैंकले नगद कारोबारबाट ग्राहकलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्ने उद्देश्य लिई असोज २१ देखि कात्तिक ३० सम्म सबैभन्दा धेरै कारोबार गर्ने भाग्यशाली ग्राहकहरूलाई पाल्सोनिकको तर्फबाट ३२ इन्च टिभी, सिजीको तर्फबाट माइक्रोवेभ ओभन, त्रिवेणी ग्रुपको तर्फबाट यासुदा ओभन, गाइया होलिडे होम धुलिखेलको तर्फबाट एक जोडीलाई आकर्षक प्याकेज, हानकुक साराङ्गको तर्फबाट एक जोडीलाई डिनर प्याकेज, साथीमार्टको तर्फबाट १० जना भाग्यशाली विजेतालाई १ हजारको शपिङ्ग भौचर, अर्किड ग्रुपको तर्फबाट यस बैंकको कार्डहरू प्रयोग गरी ५,००० भन्दा बढिको खरिदमा ५०० बराबरको गिफ्ट भौचर र अवीको तर्फबाट एक जनालाई इयरबड प्रदान गरिनेछ।
प्रकाशित: २५ आश्विन २०७८, सोमबार