आईओएस १५ को इन्स्टल दर आईओएस १४ को भन्दा धेरै कम

  • Technology Khabar | २४ आश्विन २०७८, आईतवार
आईओएस १५ को इन्स्टल दर आईओएस १४ को भन्दा धेरै कम

काठमाडौं ।

एप्पलले हालै सार्वजनिक गरेको आईओएस १५ भर्सनको इन्स्टल रेट यसअघिको आईओएस १४ को भन्दा कम रहेको पाइएको छ।

केही समयअघिमात्र सार्वजनिक भएको आईओएस १५ मा थुप्रै समस्याहरु रहेको पाइएको छ। धेरैले यसलाई एप्पलको इतिहासमा हालसम्मकै सबैभन्दा बढी बग भएको सिस्टम अपडेट भएको आरोप पनि लगाए छन्।

हालैको एक रिपोर्टले आईओएस १५ रिलिज भएको २ दिनभित्रै यूजरहरुलाई इन्स्टल गर्न आईओएस १४ को भन्दा बढी समय लागेको जनाएको छ। २ हप्तापछि यसको इन्स्टल रेट गत वर्षको भन्दा कम देखिएको थियो।

मिक्सप्यानल नामक एक विश्लेषण कम्पनीको एक रिपोर्टमा आईओएस १५ रिलिज भएको ४८ घण्टामा ८.५९ प्रतिशत यूजरले मात्र अपग्रेड गरेका पाइएको उल्लेख छ।

तर आईओएस १४ भने रिलिज भएको बेलाको सोही अवधिमा १४.६८ प्रतिशतले इन्स्टल गरेका थिए। यसबाहेक मिक्सप्यानलले अक्टोबर ५ २०२१ सम्म आईओएस १५ को एडप्शन रेट २२.२२ प्रतिशत रहेको र यो आँकडा गत वर्ष आईओएस १४ का बेला ४१.९७ प्रतिशत रहेको दावी गरेको छ।

प्रकाशित: २४ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार