सामसङ ग्यालेक्सी एस२२ श्रृंखलाका फोन आउने तयारी, स्न्यापड्रागन ८९८ चिपसेटमा आधारित हुने

  • Technology Khabar | २३ आश्विन २०७८, शनिबार
सामसङ ग्यालेक्सी एस२२ श्रृंखलाका फोन आउने तयारी, स्न्यापड्रागन ८९८ चिपसेटमा आधारित हुने

काठमाडौं ।

सामसङको प्रशंसकहरु ग्यालेक्सी एस२२ श्रृंखलाको लागी तयार अवस्थामा छन्। दक्षिण कोरियाको टेक कम्पनी २०२२ मा कम्पनी एस२२ श्रृंखलालाई बजारमा ल्याउने योजनामा काम गरीरहेको छ।

कम्पनीले ग्यालेक्सी एस २२का साथमा  ग्यालेक्सी एस २२ प्लस र ग्यालेक्सी एस २२ अल्ट्रा पनि ल्याउने जानकारी बाहिर आएको छ।

एक रिपोर्टमा बताईएअनुसार कम्पनी आफ्नो अर्को प्रमुख श्रृंखलाको लागि २ करोड युनिट स्मार्टफोन बनाउन काम गरिरहेको छ।

यदि द इलेकको समाचारलाई आधार मान्ने हो भने ग्यालेक्सी एस२२ को लगभग ५० प्रतिशत उत्पादन गरिनेछ। यो मोडेलको स्क्रीन ग्यालेक्सी एस२१ को भन्दा सानो हुन सक्छ।

ग्यालेक्सी एस२१ को स्क्रीन आकार ६.२ इन्च थियो भने एस २२ को स्क्रीन आकार ६.१ इन्च हुन सक्छ।

यी स्मार्टफोन जनवरी २०२२ बाट खरीदको लागी उपलब्ध हुने बताईएको छ र यस सिरिजको सबै मोडेल क्वालकम स्न्यापड्रागन ८९८ चिपसेटमा चल्नेछन्।

सामसङ ग्यालेक्सी एस २२ को आगामी शृंखलामा १० मेगापिक्सेलको टेलीफोटो सेन्सर ३एक्स अप्टिकल जूमको साथमा उपलब्ध हुन सक्नेछ। ग्यालेक्सी एस २२ सिरिजका स्मार्टफोनहरुमा १० एमपी टेलिफोटो लेन्स हुनेछ, जसले ग्यालेक्सी एस २०/एस २१ युगको हाइब्रिड जूमको सट्टा ३ एक्स अप्टिकल जूम सपोर्ट गर्दछ।

यी सबै मोडेलहरुमा ४५०० एमएएचको ब्याट्री हुन सक्छ। यसले चीनको एटिएल कम्पनीको ब्याट्री प्रयोग गर्ने रिपोर्टमा बताईएको छ । एजेन्सीका साथ

प्रकाशित: २३ आश्विन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...