अमेरिकाको न्याय विभागद्वारा क्रिप्टोकरेन्सीको जाँच पड्ताल गर्न टोली गठन

  • Technology Khabar | २३ आश्विन २०७८, शनिबार
अमेरिकाको न्याय विभागद्वारा क्रिप्टोकरेन्सीको जाँच पड्ताल गर्न टोली गठन

काठमाडौं ।

अमेरिकी न्याय विभागले हालै क्रिप्टोकरेन्सीको आपराधिक प्रयोगका बारेमा अध्ययन गर्न अनुसन्धाताहरुको एउटा टोली गठन गरेको छ।

यो टोलीको नाम एनसीईटी अर्थात् नेशनल क्रिप्टोकरेन्सी इन्फोर्समेन्ट टीम रहेको छ भने यसले भर्चुअल मुद्रा सटही तथा सम्पत्ति शुद्धीकरणमा लागेका व्यक्ति र संस्थाका बारेमा अध्ययन गर्ने बताइएको छ।

यसका सदस्यहरुले क्रिप्टोकरेन्सी कुनै एड्रेसमा पठाउन र उक्त रकमको स्रोतसमेत मेट्नका लागि दिइने सेवाका बारेमा पनि अध्ययन गर्नेछन्। यसबाहेक उनीहरुले ठगी तथा र्यान्समवयरमा फसेका सम्पत्तिहरुको ट्र्याक गरेर फिर्ता ल्याउनेतर्फ पनि काम गर्नेछन्।

न्याय विभागले उक्त टोलीमा आफ्नो सम्पत्ति शुद्धीकरण तथा फिर्ता ल्याउने शाखा तथा कम्प्युटर अपराध तथा बाैद्धिक चोरी शाखाका विज्ञहरु रहने बताएको छ।

प्रकाशित: २३ आश्विन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार