विमन इन बिग डाटामा सन् २०२१-२२ का लागि दुई नयाँ निर्देशकको नियुक्ति

Technology Khabar २२ आश्विन २०७८, शुक्रबार

विमन इन बिग डाटामा सन् २०२१-२२ का लागि दुई नयाँ निर्देशकको नियुक्ति

काठमाडौं ।

विमन इन बिग डाटा नेपालले सम्पदा रेग्मी र सन्तोषी गहतराजलाई सन् २०२१-२२ को लागि नयाँ निर्देशकका रुपमा नियुक्त गरेको छ।

थुप्रै चरणको छनोट प्रक्रियाको चरणमार्फत् रेग्मी र गहतराजलाई गत सेप्टेम्बर २७ का दिन नयाँ निर्देशकका रुपमा छनोट गरिएको हो।

को हुन् सम्पदा?

सम्पदा रेग्मी हालै कम्प्युटर साइन्स तथा इन्जिनीयरिङ सकेर मोर्गन स्ट्यान्लेमा रहेको एक्कोलाइट डिजिटल एन्ड सफ्टवयर कन्स्लटेन्सी संस्थमा सफ्टवयर इन्जिनीयरको रुपमा कार्यरत छिन्।

रेग्मी विमन इन बिग डाटा नेपालकी कार्यकारी सदस्य तथा टोस्टमास्टर पनि हुन्।

को हुन् सन्तोषी गहतराज? 

यसैगरी सन्तोषी गहतराज सूचना प्रविधिमा स्नातक तथा शिक्षिका पनि हुन्। उनी स्वतन्त्र रुपमा डिजिटल शिक्षाका क्षेत्रमा विभिन्न बालबालिका हरुलाई कोडिङको शिक्षा दिँदै आएकी छिन्।

डब्लूआईडीमार्फत् सकेसम्म धेरै महिलासमक्ष डाटाका तथा डाटा सुरक्षा जोखिमका बारेमा चेतना जगाउने गहतराजको योजना छ।

प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार