सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा ज्ञानेन्द्र बहादुर कार्कीलाई

  • Technology Khabar | २२ आश्विन २०७८, शुक्रबार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा ज्ञानेन्द्र बहादुर कार्कीलाई

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नेपाली काँग्रेसको तर्फबाट ज्ञानेन्द्र बहादुर कार्की नियुक्त भएका छन् । हाल सरकारमा रहेका कार्की मन्त्रिमण्डलमा नयाँ मन्त्रीहरु थप भएसँगै नयाँ मन्त्रालयमा पुगेका हुन् ।

मन्त्री कार्कीले सञ्चार मन्त्री हुनुअघि कानून, न्याय तथा संसदिय मामिला मन्त्रालयको जिम्मा पाएका थिए । उनलाई प्रधानमन्त्री शेर बहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार मन्त्रीमा नियुक्त गरेकि हुन् ।

उनी मन्त्री भएदेखि नै सञ्चार मन्त्रालयको जिम्मेवारी पाउने चर्चा चलिरहेको थियो । तर सत्तारुढ गठबन्धन दलहरुबीच मन्त्री बनाउने विषयमा लामो समय तालमेल नमिल्ला उनी कानून मन्त्रीकै रुपमा पनि सरकारको प्रवक्ताको जिम्मेवारीमा समेत थिए ।

मन्त्री कार्कीले आजै शपथ ग्रहण गर्नेछन् ।

यसअघि तत्कालिन केपी ओली सरकारकि मन्त्री नैनकला थापाको पद गुमेसँगै सो मन्त्रालय खाली थियो भने नयाँ सरकार गठन भएदेखि आजसम्म प्रधानमन्त्री देउवाले जिम्मेवारी लिएका थिए ।

प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार