
काठमाडौं ।
अर्बपति इलन मस्कको कम्पनी टेस्लाले आफ्नो मुख्यालय टेक्ससमा सार्ने भएको छ।
कम्पनीका सीईओ इलन मस्कले हालै अस्टिनमा आयोजित शेयरधनीहरुको वार्षिक बैठकमा उक्त निर्णयबारे जानकारी गराएका हुन्।
कार्यक्रममा उनले टेस्लाको फ्याक्ट्री रहेको आलामेडा काउन्टी, क्यालिफोर्नियाका स्थानीय राजनीतिज्ञहरुसँग कोभिड-१९ रेस्पोन्सका बारेमा विवाद बढेपछि उक्त निर्णय लिएको बुझिएको छ।
उनले यो निर्णय लिनुका पछाडि थुप्रै कारणहरु रहेको भन्दै आफ्न शेयरधनीहरुलाई आफ्नो क्यालिफोर्नियाको फ्रेमन्टमा रहेको फ्याक्ट्री जाम भएको अर्थात् पूर्णरुपमा काम गर्न असक्षम रहेको जानकारी दिएका छन्।
उनले क्यालिफोर्निया आफ्ना कामदारलाई सुपथ मूल्यमा बासस्थान खोज्न पनि असहज ठाउँ भएको बताए।
अस्टिनमा रहेको आफ्नो फ्याक्ट्री एयरपोर्टबाट ५ मिनट तथा बजारबाट १५ मिनटको दूरीमा रहेकाले पनि त्यहाँको रहनसहन कामदारका लागि महंगो पर्न गएको प्रस्ट्याए।
गत वर्ष मे मै उनले आलामेडा काउन्टीका स्वास्थ्य मन्त्रीले गभर्नरको भन्दा फरक बाटोमा गएर व्यवहार गरेकाले मुद्दा हाल्ने बताएका थिए।
Tesla is filing a lawsuit against Alameda County immediately. The unelected & ignorant “Interim Health Officer” of Alameda is acting contrary to the Governor, the President, our Constitutional freedoms & just plain common sense!
— Elon Musk (@elonmusk) May 9, 2020
प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार