
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडले आफ्नो तेस्रो त्रैमासिकको परिचालन मुनाफामा २० प्रतिशतको उछाल हासिल गरेको छ। शुक्रबार प्रकाशित वित्तीय बिबरणअनुसार नाफामा वृद्धि हुनुमा मेमोरी चिपको बढ्दो मूल्य र नयाँ प्रमुख स्मार्टफोन प्रक्षेपणको बिक्री प्रदर्शन कारण हो।
प्रारम्भिक नतिजा दोस्रो त्रैमासिकको आधारमा यो २६ प्रतिशत बढि हो, यद्यपि यो पूर्वानुमान भन्दा तल हो।
संसारको सबैभन्दा ठूलो मेमोरी चिप र स्मार्टफोन निर्माताले जुलाई सेप्टेम्बरको त्रैमासमा १५.८ खर्ब वोन (१३.३ बिलियन डलर) नाफाको अनुमान गरेको छ। यो २०१८ को तेस्रो त्रैमासिकपछिको सबैभन्दा उच्च त्रैमासिक नाफा हो।
विश्लेषकहरुले बढ्दो मेमोरी चिपको मूल्य र ढुवानी, साथै सामसङको चिप अनुबन्ध निर्माण व्यवसायमा नाफामा भएको वृद्धिले गर्दा सम्भवतः चिप डिभिजनको सञ्चालन मुनाफा एक बर्ष अघिको तुलनामा करिब ७९% बढेको बताएका छन् ।
प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार