
काठमाडौं ।
विश्वभरि धेरै मुख्यालय स्थापना गर्ने प्रमुख क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सको योजनाको हिस्सा अन्तरगत आयरल्याण्ड प्रमुख भएको यसको सीईओले बिहीबार बताएको रोयटर्सले उल्लेख गरेको छ।
विश्वभरका नियामकहरूले हालैका महिनाहरुमा ट्रेडिंग भोल्युमद्वारा संसारको सबैभन्दा ठूलो एक्सचेन्ज बाइनान्सको जाँच गरेका छन् ।
कतिपयले प्लेटफर्मलाई गतिविधिहरु संचलन गर्नबाट प्रतिबन्ध लगाएका छन् भने अन्यले उपभोक्ताहरुलाई यो संचालन गर्न लाइसेन्स नभएको चेतावनी दिएका छन् ।
त्यसको जवाफमा, सीईओ चांगपेङ्ग झाओले गत जुलाईमा उनी नियामकहरु संग सम्बन्ध सुधार गर्न चाहन्छन्, र यसको “विकेन्द्रीकृत” संरचना तोड्ने र क्षेत्रीय मुख्यालय स्थापित गर्न चाहेको बताएका थिए।
रिपोर्टकाअनुसार पछिल्लो महिना, बाइनान्सले आयरल्याण्डमा तीन फर्महरु दर्ता गरेको कर्पोरेट रजिस्ट्री कागजात देखाएको छ।
प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार