
काठमाडौं ।
आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि ले २ वटा शाखा समुद्घाटन गरेको छ। जितपुर बारास्थित थ्रि एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित २ एस सेटअपको एक कार्यक्रमबीच समुद्घाटन गरीएको हो । यी शाखाहरूबाट सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागी सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने जानकारी दिएको छ।
दुई वटै शाखाको समुदघाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका सार्क हेड सुजन रोय साथै जिल्लाका बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा संयुक्त रुपमा रिबन काटी उद्घाटन गरिएको हो।
ग्रुपका अध्यक्ष ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिए । यस क्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता ब्यक्त गरे।
नेपालका लागि अशोक लेलैण्ड गाडीको एकमात्र अधिकृत बिक्रेता आइएमई मोटर्सले प्रदेश नं २ र लुम्बिनी प्रदेश अवस्थित शाखाको विस्तारले ग्राहकहरुलाई थ्रि—एस (सेल्स, सर्भिस र स्पेयर्स ) साथ सम्पूर्ण सेवाहरुको पूर्ण सुविधा प्रदान गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ।
सोही कार्यक्रममा अशोक लेलैण्ड भारतका सार्क अन्तर्राष्ट्रिय व्यापार प्रमुख सुजन रोयका अनुसार अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७३ बर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्शीयल गाडी निर्माता कम्पनी भएको र आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैण्डको आक्रमक बजार बिस्तार गर्ने उद्देश्य रहेको जानकारी गराए।
प्रकाशित: २१ आश्विन २०७८, बिहीबार