
काठमाडौं ।
एचएमडी ग्लोबलले शक्तिशाली ब्याट्रीसहितको नयाँ नोकिया ट्याब्लेट सार्वजनिक गरेको छ।
नोकियालाई एचएमडी ग्लोबलले किनेपछि हालसम्म स्मार्टफोन मात्रै उत्पादन र बिक्री गर्दै आएकोमा अब भने ट्याब्लेट ल्याएको हो।
एचएमडी/नोकियाले हालै सार्वजनिक गरेको पहिलो ट्याब्लेटको नाम टी२० रहेको र १०.४ इन्चको यो ट्याब्लेटमा शक्तिशाली ब्याट्री रहनुका साथै सस्तो मूल्य र अमेरिकामा पनि उपलब्धता जस्ता विशेषता रहेको छ।
टी२० झट्ट हेर्दा डिजाइनका हिसाबले आकर्षक र प्रिमियम भने देखिँदैन। सामान्य डिजाइन र ठूलो बेजलसहितको यो डिभाइसको बडी मेटलले बनेको छ भने मोटाइ ७.८ मिमि तथा तोल ४७० ग्राममात्र रहेको छ।
यो डिभाइसको स्क्रीन २के अर्थात् २०००x१२०० पिक्सेलको रहेको साथै ब्राइटनेश ४०० निटको रहेको बताइएको छ।
यसमा १५ वाट चार्जिङसहितको ८२०० एमएचको ब्याट्री रहेको छ। यसबाहेक टाइगर टी६१० अक्टाकोर सीपीयूयुक्त यस डिभाइसमा ४ जीबी र्याम ताथ ६४ जीबी आन्तरिक स्टोरेज दिइएको छ।
पछाडि ८ तथा सेल्फीका लागि ५ मेगापिक्सेल क्यामरा रहेको टी२० एलटीईको अप्शन पनि रहेको छ।
यी फिचरहरुका साथमा एचएमडीले यसको मूल्य २५० डलर तोकेको छ भने यो अमेरिकामा पनि तुरुन्तै उपलब्ध भएको छ।
प्रकाशित: २१ आश्विन २०७८, बिहीबार