अमेजनद्वारा अमेरिकाबाहिर आफ्नो पहिलो ४-स्टार स्टोर शुरु

  • Technology Khabar | २१ आश्विन २०७८, बिहीबार
अमेजनद्वारा अमेरिकाबाहिर आफ्नो पहिलो ४-स्टार स्टोर शुरु

काठमाडौं ।

अमेजनले अमेरिका बाहिर मध्य लन्डनको दक्षिणपूर्वमा अवस्थित ब्लूवाटर भन्ने ठाउँमा आफ्नो पहिलो ४ स्टार शोरुम खोलेको छ।

यो अमेरिका बाहिर खोलिएको पहिलो ४ स्टार स्टोरमात्र नभइ कम्पनीको बेलायतमा रहेको गैर-खाद्य तथा नमासिने सामग्रीको शोरुम पनि बनेको छ।

अमेजनको अमेरिकाको न्यूयोर्क तथा अन्य भागमा रहेका ४ स्टार स्टोरबाहेक ब्लूवाटरको नयाँ स्टोरबाट ४ स्टार वा त्योभन्दामाथि रेटिङ भएका वा अमेजनका बेलायतमा रहेको वेबसाइटमा टप सेलर वा ट्रेन्डिङ सामानहरु हुनेछन्।

उक्त स्टोरले अमेजनले अनलाइनमा बेच्ने सबै उच्च स्तरका उत्पादनहरु भने बेच्न पाउनेछैन। यसमार्फत् उत्कृष्ट क्याटेगरीका खेलाैना, गेम, पुस्तक, किचेन तथा होम एप्लायन्सजस्ता कन्जुमर इलेक्ट्रोनिक्स सामग्रीहरु भने बिक्री हुनेछ।

यो स्टोरले बेलायतभरका सबैखाले साना व्यवसायका उत्पादनका साथै कम्पनीका आफ्ना डिभाइसहरु- किन्डल ई-रिडर, फायल ट्याब्लेट तथा इको स्पीकरहरु पनि बेच्ने बुझिएको छ।

यसमा मोस्ट विश्ड फर लगायतका वेबसाइटमा भएका सेक्शनसँग तालमेल हुने गरी सेक्शनहरु रहनेछन्। यिनिहरुमा विश लिस्टमा रहेका सामानहरु राखिनेछन्।

‘ट्रेन्डिङ इन ब्लूवाटर’ मा स्थानीय उपभोक्ताले किनिरहेका सामान रहनेछन् भने ‘मोस्ट गिफ्टेड’ मा गिफ्टका लागि अर्डर गरिएका टप आइटमहरु रहनेछन्।

स्टोरमा रहेका उत्पादनहरुमा मूल्य, ‍औसत स्टार रेटिङ तथा उपभोक्ताको समीक्षामा पाएका अंकसहितको डिजिटल ट्याग लगाइनेछ।

प्रकाशित: २१ आश्विन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २१ आश्विन २०७८, बिहीबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २१ आश्विन २०७८, बिहीबार

NOC from Nagarik App

  • २१ आश्विन २०७८, बिहीबार

E-pension verification system launched

  • २१ आश्विन २०७८, बिहीबार