ह्वावेले ल्यायो ‘सिड फर द फ्युचर’ कार्यक्रम, आईसीटी अध्ययनरत नेपाली विद्यार्थी सहभागी हुन पाउने

  • Technology Khabar | २० आश्विन २०७८, बुधबार
ह्वावेले ल्यायो ‘सिड फर द फ्युचर’ कार्यक्रम, आईसीटी अध्ययनरत नेपाली विद्यार्थी सहभागी हुन पाउने

काठमाडौं ।

ह्वावेले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) अध्ययनरत (अन्डरग्राजुएट) विद्यार्थीहरू र आईसीटी क्षेत्रलाई भविष्यमा उद्योगको विस्तार गर्न खोज्नेहरूका लागि ‘सिड फर द फ्युचर २०२१’ कार्यक्रम ल्याएको छ।

विश्वभर संचालनमा रहेको यो कार्यक्रम नेपालमा पनि सुरू गरिएको हो। बुधबार पत्रकार सम्मेलन गर्दै यस विषयमा जानकारी गराईएको छ।

कार्यक्रम अन्तर्गत नेपालका २० जना आईसीटीका अन्डरग्राजुएट विद्यार्थीहरूको लागि सूचना प्रविधिका क्षेत्रमा ज्ञानको अनुभव गर्न पाउने अवसर ह्वावेले जनाएको छ। नोभेम्बर २९ देखि डिसेम्बर ६ सम्म आईसीटी सम्बन्धित प्राज्ञिक व्यक्तिहरूका लागि टेक्नोलोजी, नवप्रर्वतन र सांस्कृतिक आदानप्रदानको अनलाइन अवसर उपलब्ध गराउने जनाएको छ।

यो ८ दिने कार्यक्रममा सहभागीहरूले फाइभजी, क्लाउड कम्प्युटिङ र एआई प्रविधि समेत गरी सुरुवाति र एडभान्स कोर्स प्राप्त गर्नेछन् । परम्परागत तथा आधुनिक चीनको दृश्यस्थल र द्रुतगतिमा उन्नति गरिरहेका कम्पनीहरूको अनुभव सहभागीहरूले चीनको भर्चुअल भ्रमणबाट प्राप्त गर्नेछन्।

ह्वावेका विज्ञहरू, बाह्य उद्यमी, प्रोफेसरहरू वा वैज्ञानिकहरूबाट साइबर सेक्युरिटीदेखि हवाई उद्योगजस्ता विभिन्न शीर्षकका ज्ञानको अनुभव सहभागीहरूले प्राप्त गर्नेछन्।

कक्षा कोठाको समूह छलफल, बहस, गोलमेच संवादमा एक अर्काको सांस्कृतिक विषयमा ज्ञान सहभागीहरूले आदानप्रदान गर्न पाउने छन् ।

‘टेक फर गुड’ शीर्षकको समूह प्रोजेक्टमा विभिन्न किसिमका ज्ञान सहभागीहरूले प्राप्त गर्न पाउने भएको ह्वावेले काठमाडौंमा कार्यक्रम सार्वजनिक गरेर जानकारी दिएको छ।

अनलाइन कोर्सबाट सहभागीहरूले ह्वावेको नेपाल कार्यालय, उद्योग विज्ञहरूबाट कक्षा र ह्वावेका आधार शिविरको अनुभव गर्न पाउने छन् । ‘सिड फर द फ्युचर’ प्रोग्राम २०२१ मा सहभागी हुन आवेदन दिन पर्ने योग्यता तोकेको छ।

अनुसार कुनै पनि कलेजका कुनै पनि समूहका आईसीटी अन्डरग्राजुएट विद्यार्थीहरूको कम्तीमा ३.० जीपीए हुनुपर्ने, अंग्रेजी भाषाको राम्रो दखल भएको , टेलिकम र सूचना प्रविधी विषयमा धेरै रूचि भएकाहरूले आवेदन दिन पाउने छन् ।

यो कार्यक्रमका सहभागीलाई कुनै पनि पारिश्रमिक नदिईने पनि उल्लेख गरिएको छ । यसका लागि www.seedsnepal.com क्लिक गरी अध्ययन गरिरहेको प्रतिष्ठानबाट सिफारिस पत्र सहितको आवेदन नोभेम्बर ७ सम्म पठाइ सक्नुपर्ने उल्लेख गरेको छ । केही जानकारी लिन परे फोन नम्बर ९८०१२५१९९२ फोन गरी सोध्न सकिने उल्लेख छ ।

उत्कृष्ट विद्यार्थी छनोटका लागि ह्वावेले सूचना प्रविधी प्रोफेसर तथा विज्ञ सम्मिलित निर्णायक मण्डलसमेत गठन गरेको जानकारी दिएको छ।

प्रकाशित: २० आश्विन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार