
काठमाडौं ।
छिमेकी देश भारतको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी रिलायन्स जियोको नेटवर्कमा समस्या आउँदा लाखौं सेवा लिनेहरुले समस्या भोगेका छन् ।
भारतीय मिडियाहरुकाअनुसार जियोको नेटवर्क आज बिहान भारतीय समयअनुसार करिब ९:३० बजेदेखि डाउन भएको थियो । जुन बेलुका ६ बजेसम्म समस्याग्रस्त भएको थियो । जियोमा समस्या आउँदा प्रयोगकर्ताहरु समस्यामा परेका थिए ।
जियोका भारतमा ४० करोड भन्दा बढि ग्राहकहरु छन्।
रिलायन्स जियोको नेटवर्कमा समस्याको कारण, प्रयोगकर्ताहरुले कसैलाई फोन गर्न वा कसैको कल प्राप्त गर्न असक्षम भएको बताईएको छ। यस बाहेक, प्रयोगकर्ताहरुले इन्टरनेटको उपयोगमा पनि समस्याहरुको सामना गरेका थिए ।
तर यस बारेमा कम्पनीले कुनै जानकारी दिएको छैन् ।
डाउनडिटेक्टरकाअनुसार बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म नेटवर्कमा समस्या आएको गुनासो गरिएको थियो ।
हाल सो समस्या समाधान भईसकेको बताईएको छ।
प्रकाशित: २० आश्विन २०७८, बुधबार