डिशहोमको रिचार्जमा आकर्षक छुट

  • Technology Khabar | २० आश्विन २०७८, बुधबार
डिशहोमको रिचार्जमा आकर्षक छुट

काठमाडौं ।

यो चाडवाडको यो मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यम मार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकहरुले आकर्षक बोनस पाउनुहुनेछ। यो योजना अन्तर्गत डिशहोमको रिचार्जमा बाईस सय रुपैयाँसम्म अतिरित्त बोनस रकम प्राप्त गर्न सकिनेछ।

यो योजनासंगै ग्राहकहरुले अब मासिक रु. ८९९ मा नै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५जी ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नुहुनेछ।

यस्तै डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् भने हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले रु २००० को ला-लिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नुहुनेछ। स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ।

लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुनेछ।

प्रकाशित: २० आश्विन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार