कामना सेवाले ल्यायो अनलाईन डिम्याट सुविधा

  • Technology Khabar | २० आश्विन २०७८, बुधबार
कामना सेवाले ल्यायो अनलाईन डिम्याट सुविधा

काठमाडौं ।

कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । योसँगै अब बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसी सहज रुपमा बैंकको अनलाईन मार्फत नै डिम्याट खाता तथा मेरो शेयर खोल्न सक्नेछन् ।

अनलाईन मार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ।

साथै बैंकमा खाता नभएका ग्राहकहरुले अनलाईनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाँ ‘शुभलाभ लगानी बचत खाता’ खोली यो सुविधा उपभोग गर्न सक्नेछन् जस अन्तर्गत ग्राहकहरुले प्रथम वर्ष निस् शुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ, तथा लकर सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकले सोसल मिडिया बैंकिङ्ग, केएस आइमोबाइल, जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सरल, सहज र उत्कृष्ट बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: २० आश्विन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार