सामसङ इलेक्ट्रोनिक्सले कमायो तीन वर्ष यताकै सर्वोत्कृष्ट त्रैमासिक नाफा

  • Technology Khabar | २० आश्विन २०७८, बुधबार
सामसङ इलेक्ट्रोनिक्सले कमायो तीन वर्ष यताकै सर्वोत्कृष्ट त्रैमासिक नाफा

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सले तेस्रो त्रैमासमा आफ्नो फोल्डेबल स्मार्टफोनको व्यापारमा उल्लेख्य वृद्धि भएकाले तीन वर्ष यताकै उत्कृष्ट नाफा कमाउने भएको छ।

यो अवधिमा सामसङको सञ्चालन मुनाफा १४ अर्ब डलर पुगेको १६ विश्लेषक सम्मिलित रिफिनिटिभ स्मार्टइस्टिमेट नामक अनुसन्धान संस्थाले उल्लेख गरेको छ।

उक्त रकम गत वर्षको सोही अवधिको भन्दा ३० प्रतिशतले बढी तथा सन् २०१८ को सोही अवधियताकै सर्वोत्कृष्ट रहेको प्रतिवेदनमा जनाइएको छ। यसै वर्षको शुरुवातमा यो रकम १० अर्ब ३१ करोड डलर हाराहारी रहेको आँकडा छ।

यसमा राजस्व ११ प्रतिशतले बढेर ६२ अर्ब ३३ करोड ७० लाख डलर हाराहारी पुगेको बुझिएको छ।

अप्रत्याशित रुपमा भएको विश्वव्यापी चिप अभाव तथा कोरोना महामारी तथा यस बीचमा भएका कम्पनीको शेयरमा ४५ प्रतिशतको वृद्धिका कारण सामसङले यो कीर्तिमानी आँकडा छुन सफल भएको विश्लेषकहरुको आकलन छ।

कम्पनीले आफ्नो प्रारम्भिक प्रगति विवरण आगामी शुक्रबार प्रस्तुत गर्दैछ।

प्रकाशित: २० आश्विन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २० आश्विन २०७८, बुधबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २० आश्विन २०७८, बुधबार

NOC from Nagarik App

  • २० आश्विन २०७८, बुधबार

E-pension verification system launched

  • २० आश्विन २०७८, बुधबार