पिक्सेल ६ तथा पिक्सेल ६ प्रो आगामी अक्टोबर १९ मा सार्वजनिक हुने

  • Technology Khabar | २० आश्विन २०७८, बुधबार
पिक्सेल ६ तथा पिक्सेल ६ प्रो आगामी अक्टोबर १९ मा सार्वजनिक हुने

काठमाडौं ।

गुगलले आगामी अक्टोबर १९ का दिन पिक्सेल फल लन्च इभेन्ट आयोजना गर्ने घोषणा गरेको छ।

कम्पनीले उक्त इभेन्टमा पिक्सेल ६ तथा पिक्सेल ६ प्रो स्मार्टफोनहरु सार्वजनिक गर्ने योजना बनाएको छ।

यो कम्पनीको पिक्सेललाई मात्रा लक्षित गरेर गरिने पहिलो कार्यक्रम रहेको बुझिएको छ। यसअघि गुगलका अन्य उत्पादनहरुका भिडमा पिक्सेल फोन पनि सार्वजनिक हुँदै आएकामा यो पटक भने पिक्सेल इभेन्ट नै हुने यसको नामबाट पनि प्रष्ट हुन्छ।

यो पूर्णरुपमा पिक्सेल लक्षित कार्यक्रम भए पनि यसक्रममा पिक्सेल डिभाइसका लागि एन्ड्रोइड १२ अपडेट कहिले उपलब्ध हुन्छ भन्ने पनि घोषणा हुनसक्ने अपेक्षा गरिएको छ।

हालसम्म गुगलले एन्ड्रोइड १२ एओएसपीका रुपमा मात्र रिलिज गरेको छ भने पिक्सेल तथा अन्य निर्माताहरुको डिभाइसमा एन्ड्रोइड १२ अपडेटका लागि अझै केही हप्ता कुर्न भनेको छ।

पिक्सेल ६ गुगलको टेन्सर चिप प्रयोग भएको, आधुनिक डिजाइन तथा सामसङको सेन्सरयुक्त फेन्सी क्यामरा भएको पहिलो स्मार्टफोन रहेको छ।

यसबाहेक यी डिभाइस एन्ड्रोइड १२ सहित नै सार्वजनिक हुनेछन्। यिनीहरुका मूल्य तथा उपलब्धताका बारेका हाल कुनै जानकारी बाहिर आएको छैन।

प्रकाशित: २० आश्विन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार