
काठमाडौं ।
एप्पलले एप्पलकेयर सम्बन्धी मुद्दा सुल्झाउन साढे ९ करोड डल् तिर्नुपर्ने भएको छ। गत जुन ३० मा एप्पलले आफ्नो एप्पलकेयरसम्बन्धी झूटो विज्ञापन गरेको मुद्दा सुल्झाएको थियो।
उक्त मुद्दा सन् २०१६ बाट शुरु भएको थियो भने समझदारीमा पुग्नुअघि तीन ओटा मध्यस्थता सेसनबाट गुज्रिएको थियो। परिणामस्वरुप कम्पनीले साढे ९ करोड डलर तिर्नुपर्ने भएको थियो।
उजुरीकर्ताहरुले आईफोन वा आईप्याडमा फुट्नेलगायत कुनै समस्या आएमा वा हार्डवयरमै समस्या भेटिएमा यसलाई मर्मत वा परिवर्तन गरिदिने भन्ने एप्पलकेयर सेवाको विज्ञापन भ्रामक भएको आरोप लगाएका थिए।
अर्को परिवर्तनका हकमा उक्त डिभाइसको प्रदर्शन र विश्वसनीयता नयाँको जस्तै हुनुपर्ने उनीहरुको तर्क थियो। तर एप्पलले भने परिवर्तनका नाममा रिफर्बिश्ड सेटहरु दिने गरेकाले यो भ्रामक भएको उनीहरुको तर्क थियो।
एप्पलका वकिलहरुले उजुरीकर्ताले हार्डवयरमा आएको समस्या रिफर्बिश्ड सेट भएका कारण भएको प्रमाणित गर्न नसक्ने भएकाले परिवर्तन भनेको साँच्चैको नयाँ सेट भनेर बुझ्नु गलत भएको बताएका छन्।
यो उजुरी गर्नेहरुमा सन् २०१२ जुलाइ २० यता एप्पलकेयर तथा एप्पलकेयर+ को सेवा लिइसकेका उपभोक्ताहरु रहेका बुझिएको छ।
प्रकाशित: २० आश्विन २०७८, बुधबार