
काठमाडौं ।
नबिल बैंकले ‘नबिल दसैँ धमाका अफर’ ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यास ब्याक पाउन सक्नेछन् ।
नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम ३०० सम्म क्यास ब्याक पाउन सक्नेछन् । यो अफर घटस्थापनाका दिन लागु हुनेछ।
त्यस्तै किरानामा १५ प्रतिशत छुट वा अधिकतम रु. १५०० सम्म क्यास ब्याक पाउन सक्नेछन्। किराना पसलमा यो अफर अक्टोबर ४ देखी अक्टोबर ११ सम्म लागु हुनेछ। दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम ५०० रुपैयाँसम्म पाउन सक्नेछन् ।
प्रकाशित: १९ आश्विन २०७८, मंगलवार