ग्यापुको दशैँ तिहार धमाका, अप्रिलिया स्कुटर जित्ने मौका

  • Technology Khabar | १९ आश्विन २०७८, मंगलवार

काठमाडौं ।

नेपालीहरूको महान् चाड दशैँ-तिहारको अवसर पारेर अनलाइन इ-कमर्स कम्पनी ग्यापुले दशैँ-तिहार धमाका अफर ल्याएको छ। शुक्रबार देखि सुरु भएको यो अवसरमा अप्रिलिया स्कुटर जित्ने मौका रहेको छ।
ग्यापु अनलाइन स्टोरबाट सामान खरिद गर्ने ग्राहकहरूले ८० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् भने बम्पर उपहारमा अप्रिलिया स्कुटर प्राप्त गर्नेछन्।
यो छुट विद्युतिय समाग्री, मोबाइल ग्याजेट, कपडा लगायत सम्पुर्ण क्याटगोरीको समाग्रीहरूमा उपलब्ध हुनेछ।
यस अफर अन्तर्गत एनआईसी एसिया बैंकको डेभिड वा क्रेडिट कार्डबाट पेमेन्ट गर्दा ग्राहकले १५ प्रतिशत सम्म क्यासब्याक अफर प्राप्त गर्न सक्छन्। ग्राहकले प्रत्येक युनिक कार्डबाट गरेको कारोबारमा १५०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने बताईएको छ।
त्यस्तै एनसीसी बैंकको डेबिड/क्रेडिट/एनसीसी स्मार्ट युजर कार्ड प्रयोग गरेर सामान खरिद गरेमा २० प्रतिशत अथवा ५०० रुपैयाँ सम्मको क्यास ब्याक अफर प्राप्त गर्न सक्छ्न्। इसेवा प्रयोग गरि सामान अर्डर गर्ने मध्ये हरेक दिन २ जनाले लक्की ड्रमार्फत सय प्रतिशत क्यास ब्याक पाउने बताइएको छ।

प्रकाशित: १९ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार