बिटक्वाइनको मूल्य चार हप्तामा पहिलो पटक ५० हजार डलर भन्दा माथि

  • Technology Khabar | १९ आश्विन २०७८, मंगलवार
बिटक्वाइनको मूल्य चार हप्तामा पहिलो पटक ५० हजार डलर भन्दा माथि

काठमाडौं ।

बजार मूल्यको आधारमा विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइन मंगलबार चार हप्तामा पहिलो पटक ५० हजार डलर भन्दा माथि उठेको छ। यो अंक अक्टोबरको शुरुवातपछि वृद्धिको एक श्रृंखलामा थपिँदै माथि उक्लिएको हो।

सेप्टेम्बर ७ मा क्रिप्टोकरेन्सी र ब्लकचेन सम्बन्धित फर्महरुको शेयरमा व्यापक बिक्रिको बीच यो क्रिप्टोकरेन्सी त्यो स्तर भन्दा तल झरेको थियो। सेप्टेम्बरमा गिरावट जारी रह्यो र सेप्टेम्बर २१ मा ४०,५९६ डलरसम्म झर्यो।

मंगलबार बजारमा बिटक्वाइन २.३५ प्रतिशतसम्म बढेर ५०,३१० अमेरिकी डलरसम्म पुगेको छ।

स्मरण रहोस् नेपालमा बिटक्वाइनसहितको क्रिप्टोकरेन्सी कारोबार प्रतिबन्धित छ।

प्रकाशित: १९ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • Technology Khabar
  • १९ आश्विन २०७८, मंगलवार