हार्मोनीओएस १२ करोड डिभाइसमा, इन्टर्नल बिटा २ पी१० का लागि उपलब्ध

  • Technology Khabar | १९ आश्विन २०७८, मंगलवार
हार्मोनीओएस १२ करोड डिभाइसमा, इन्टर्नल बिटा २ पी१० का लागि उपलब्ध

काठमाडौं ।

ह्वावेले आफैंले विकास गरेको अपरेटिङ सिस्टम हार्मोनीओएस १२ करोड डिभाइसमा डाउनलोड तथा इन्स्टल भएको छ।

कम्पनीका सीओओ हे गाङले हालै उक्त कुराको जानकारी दिएका हुन्।

उक्त अपरेटिङ सिस्टम डाउनलोड र इन्स्टल गर्ने क्रम ह्वावेको अपेक्षाभन्दा निकै बढिरहेको र कम्पनीले हाल आफ्नो लक्ष्यलाई ३० करोडबाट बढाएर ४० करोड पुर्याएको छ।

कम्पनीले हार्मोनीओएस अब थुप्रै पुराना ह्वावे तथा अनर डिभाइसहरुलाई लक्षित गर्ने भएको छ।

यसैबीच हार्मोनीओएस २ को इन्टर्नल बिटा भर्सन १० ओटा नयाँ डिभाइसका लागि उपलब्ध गराइएको छ। ती डिभाइसहरुमा ह्वावे पी१०, पी१० प्लस, मेट ९, मेट ९ प्रो, मेट ९ पोर्स डिजाइन, नोभा ३, इन्जोय ९ प्लस, ट्याब्लेट एम५ प्रो १०.८ इन्च तथा एम५ ८.४ इन्च रहेका छन्।

यसरी अपडेट पाउनेमध्ये कतिपय सेटमा हार्मोनीओएस राखेपछि एप नचल्ने देखिएकव छ। बिटा भर्सनका लागि सूचीबद्ध डिभाइसमा सेटिङ्स, सिस्टम, सफ्टवयर अपडेटमा गएर नयाँ फर्मवयर अपडेटको जानकारी लिन सकिने जीएसएमअरिनाले जनाएको छ।

प्रकाशित: १९ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...