
काठमाडौं ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्युतीय एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) मा डाटा अद्यावधिक गरेका विद्यालयको सूची सार्वजनिक गरेको छ।
केन्द्रले सबै विद्यालयलाई आइईएमआइएस अद्यावधिक गर्न पटक पटक सूचित गर्दै आएको र सो प्रणालीमा डाटा अद्यावधिक गरेका विद्यालयको नामावली सार्वजनिक गरेको हो ।
यस बाहेकका विद्यालयहरुले आगामी दिनमा सेवा सुबिधा नपाउने बताईएको छ। निर्धारित समयभित्र विवरण अद्यावधिक नगर्ने विद्यालयहरुको विवरण योजना तथा बजेट निर्माण प्रक्रियामा समावेश गर्न नसकिने र यसबाट विद्यालयले प्राप्त गर्ने अनुदान वा सुविधाबाट विद्यालय र छात्रवृत्तिलगायतका सेवा सुविधाबाट विद्यार्थी वञ्चित हुन गएको अवस्थामा सोको जिम्मेवार सम्बन्धित विद्यालयको प्रधानाध्यापक हुने चेतावनी दिईएको छ।
यसको लागि केन्द्रमा विद्यालयले विवरण पठाउन नसकेकाले विवरण अद्यावधिक गर्न बाँकी रहेका विद्यालयलाई सहजीकरण गर्न सबै स्थानीय तहलाई निर्देशनसमेत दिइएको छ।
यसका साथै सूचीमा रहेका विद्यालयहरुले समेत डाटालाई थप पूर्ण गर्नका लागि विद्यालयले शिक्षक विद्यार्थी कर्मचारी भौतिक विषयहरुलाईका जानकारीहरु रुजु गर्न र थपघट गर्न सक्नेछन् ।
आवश्यक समन्वय एवम् सहजीकरण गर्न केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।
सार्वजनिक भएका विद्यालय बाहेक अन्य विद्यालय सञ्चालनमा भए नभएको विवरण पेस गर्न केन्द्रले सबै स्थानीय तहलाई सूचित गरेको छ ।
प्रकाशित: १९ आश्विन २०७८, मंगलवार