टेस्लाले रंगभेदी व्यवहारका लागि अश्वेत पूर्व कर्मचारीलाई १३ करोड डलर तिर्नुपर्ने

  • Technology Khabar | १९ आश्विन २०७८, मंगलवार
टेस्लाले रंगभेदी व्यवहारका लागि अश्वेत पूर्व कर्मचारीलाई १३ करोड डलर तिर्नुपर्ने

काठमाडौं ।

अमेरिकाको एउटा संघीय इजलासले सोमबार टेस्लाविरुद्ध १३ करोड डलरको जरिबाना सुनाएको छ।

वाल स्ट्रीट जर्नलका अनुसार एक अश्वेत पूर्व कर्मचारीलाई रंग वा जातका हिसाबले प्रतिकूल वातावरणमा काम गर्न लगाएर उनको व्यक्तित्व तथा पेशामाथि आघात पुर्याएको आरोपमा यस्तो फैसला सुनाएको हो।

उक्त इजलासले कम्पनीले ओवेन डियाज नामका ती टेस्लाको फ्रेमन्ट फ्याक्ट्रीमा सन् २०१५ देखि २०१६ सम्म लिफ्ट सञ्चालकका रुपमा काम गर्ने ती करार कर्मचारीमाथि जातीय हिंसा हुँदा पनि बचावका लागि आवश्यक कदम चाल्न नसकेको ठहर गरेका समाचारपत्रले जनाएको छ।

कम्पनीले आफ्नो वेबसाइटमा कर्मचारीहरुका लागि पोस्ट गरेको सन्देशमा उक्त मुद्दाले फ्याक्ट्रीमा जातीय हिंसा हुने खालका शब्दहरु प्रयोग हुने तथा शोचालयमा उस्तै सन्देश दिने कागजातहरु फालिने गरेको पाइएको जानकारी गराएको छ।

यसबाहेक इजलासले डियाजले तीन पटक यस्तो गतिविधिविरुद्ध उजुरी गरेको र टेस्लाले उक्त काम कर्मचारी भर्ना गर्ने एजेन्सीले गरेको यकिन गरेको थियो।

उक्त इजलासले डियाजलाई टेस्लाले ६९ लाख क्षतिपूर्ति तथा १३ करोड डलर सजायसम्बन्धी जरिबाना तिर्न आदेश दिएको हो।

‘सान फ्रान्सिस्कोका निर्णायकले गरेको फैसलाका लागि यी तथ्यहरु पर्याप्त हुँदैनन् भन्ने हामीलाई थाहा छ। सन् २०१५ र २०१६ मा हामी पूर्ण वा परिपक्व थिएनाैं भन्ने हामीले आत्मसात् गरेका छाैं’, टेस्लाको भनाइ छ।

यसबारे पुनरावेदन गर्ने वा नगर्ने भन्नेबारे उसले कुनै प्रतिक्र।या नदिनएको पनि बीबीसीले जनाएको छ।

प्रकाशित: १९ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • १९ आश्विन २०७८, मंगलवार