अमेजन तथा गुगलले पनि क्वान्टम प्रविधिसम्बन्धी ह्वाइटहाउस बैठकमा भाग लिने

  • Technology Khabar | १९ आश्विन २०७८, मंगलवार
अमेजन तथा गुगलले पनि क्वान्टम प्रविधिसम्बन्धी ह्वाइटहाउस बैठकमा भाग लिने

काठमाडौं ।

अमेजन इंक, गुगल तथा माइक्रोसफ्ट कर्पले बाइडेन प्रशासनले आगामी मंगलबार आयोजना गर्ने क्वान्टम प्रविधिमा आधारित सम्मेलनमा भाग लिने अपेक्षा गरिएको छ।

अमेरिकी सरकारले ह्याकिङको जोखिम विरुद्ध लड्न तथा प्रविधि उद्योगको प्रगतिमा जोड दिन यो सम्मेलनको आयोजना गर्न लागेको बाइडेन प्रशासनको भनाइ छ।

ह्वाइटहाउसको अफिस अफ साइन्स एन्ड टेक्नोलोजी ओएसटीपीले आयोजना गर्ने उक्त इभेन्टमा क्वान्टम कम्प्युटिङका गम्भीर एप्लिकेशनहरुका बारेमा केन्द्रित रहेर छलफल हुने र ती एप्लिकेशनहरु हालका अत्याधुनिक सुपर कम्प्युटरले भन्दा लाखो गुना छिटो काम गर्ने अपेक्षा गरिएकामा पर्ने अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

उक्त इभेन्टमा बोइङ को, हनिवाल इन्टरनेशनल इंक, इन्टरनेशनल बिजनेस मेशिन कर्प, इन्टेल कर्प तथा नर्थ्रप गर्मन कर्पजस्ता कम्पनीहरु पनि सहभागी हुने अपेक्षा गरिएको छ।

ओएसटीपीका क्वान्टम इन्फर्मेशन साइन्सका निर्देशक चार्ली ताहनका अनुसार क्वान्टम कम्प्युटर तथा क्वान्टम सेन्सरसँग सम्बन्धित प्रसंगहरुलाई लिएर आफूहरु निकै उत्साहित भएको बताएका छन्।

भोतिक विज्ञानको विशुद्ध सिद्धान्तमा आधारित क्वान्टम प्रविधि हाल शुरुवाती अवस्थामा रहेको र लगानीकर्ताका लागि निकै आकर्षक क्षेत्रका रुपमा रहेको छ। यसमार्फत् स्वास्थ्य, वित्त, आर्टिफिसियल इन्टेलिजेन्स, माैसम पूर्वानुमानका साथै अन्य क्षेत्रमा क्रान्ति आउनसक्ने प्रविधि विज्ञहरुको अपेक्षा रहेको छ।

प्रकाशित: १९ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार