रुखमा डेरा बनाएर अनलाइन कक्षा पढ्ने छात्रलाई नेपाल टेलिकमको पकेट वाईफाई डिभाइस प्रदान

  • Technology Khabar | १९ आश्विन २०७८, मंगलवार
रुखमा डेरा बनाएर अनलाइन कक्षा पढ्ने छात्रलाई नेपाल टेलिकमको पकेट वाईफाई डिभाइस प्रदान

काठमाडौं ।

खोटाङमा रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुने छात्रलाई नेपाल टेलिकमले पकेट वाइफाइ डिभाइस प्रदान गरेको छ।

कोभिड-१९ महामारीमा अनलाइन कक्षामा सहभागी हुने हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई नेपाल टेलिकम ओखलढुंगाले एक थान पकेट वाइफाइ डिभाइस उपलब्ध गराएको हो।

मगर सरस्वती मावि कक्षा १० मा अध्ययनरत छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपास्थित फोरजीको नयाँ टावरकाे सेवा सुरु भएसँगै टेलिकम ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थी मगरको घरैमा पुगेर पकेट वाइफाइ डिभाइस प्रदान गरेका हुन्।

बुईपास्थित फोरजीको टावर आइतबारदेखि सञ्चानमा ल्याइएको हो । फोरजीको टावर सञ्चालनमा आएसँगै मगरको घर गाउँमा फोरजी सेवा चल्न थालेको छ।

अनलाइन कक्षाका लागि विद्यार्थीले रुखमा चढ्नुपर्ने बाध्यताले चर्चा पाएपछि अर्खौले लगायतका वडालाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ क्षेत्रमा नयाँ फोरजी टावर राख्ने योजना अघि सारिएको प्रमुख पन्थीले बताए। नयाँ टावर राख्नका लागि जग्गा हेर्ने र स्थान निश्चित गर्ने काम भइरहेको नेपाल टेलिकमले जनाएको छ।

कोभिड–१९ को महामारीका कारण भौतिक उपस्थितिमा पठन-पाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशन अनुसार विद्यालयले अनलाईन कक्षा सञ्चालन गर्दा छात्र मगर सिम्लेस्थित घर नजिकै रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए।

छात्र मगर घर वरपर मोबाईल डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी भएका थिए।

प्रकाशित: १९ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • १९ आश्विन २०७८, मंगलवार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • १९ आश्विन २०७८, मंगलवार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • १९ आश्विन २०७८, मंगलवार