टेस्लाद्वारा तेस्रो त्रैमासमा कीर्तिमानी सङ्ख्यामा कार बिक्री, चिप अभावले फरक पारेन

  • Technology Khabar | १९ आश्विन २०७८, मंगलवार
टेस्लाद्वारा तेस्रो त्रैमासमा कीर्तिमानी सङ्ख्यामा कार बिक्री, चिप अभावले फरक पारेन

काठमाडौं ।

टेस्लाले यो वर्षको तेस्रो त्रैमासमा कीर्तिमानी २ लाख ४१ हजार ३०० विद्युतीय गाडीहरु बेचेको छ।

विश्वव्यापी चिप अभावका बीचमा अन्य गाडी निर्माताहरुको व्यापार खस्किरहेका बेला अपेक्षाभन्दा धेरै परिमाणमा गाडी बिक्री भएको कम्पनीको भनाइ छ।

टेस्लाले यो अवधिमा बेचेको अधिकांश भाग अर्थात् ९६ प्रतिशत हिस्सा मोडल ३ सेडान तथा मोडल वाई क्रसओभरको थियो। यो जानकारी कम्पनीले शनिबार आफ्नो रिपोर्ट सार्वजनिक गर्ने क्रममा खुलाएको हो।

टेस्लाले डेलिभरी गरेकामध्ये ९ हजार २७५ गाडीहरु मोडल एक्स र एस रहेका थिए। यस अवधिमा गाडीको डेलिभरी दोस्रो त्रैमासको तुलनामा २० प्रतिशत तथा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७३ प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख छ।

यो अवधिमा गाडीको उत्पादन पनि बढेको थियो। टेस्लाले यो अवधिमा २ लाख ३७ हजार ८२३ विद्युतीय उत्पादन गरेको र यो सङ्ख्या पनि कीर्तिमानी रहेको बुझिएको छ।

टेस्लाका सीईओ इलन मस्कले कम्पनी तथा आफ्ना कर्मचारीलाई ट्वीटमार्फत् यो कीर्तिमानका लागि बधाइ दिएका छन्।

प्रकाशित: १९ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • १९ आश्विन २०७८, मंगलवार