आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा

  • Technology Khabar | १८ आश्विन २०७८, सोमबार
आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा

काठमाडौं ।

आइएमई पे मिस र युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा गरिएको छ। जनताको छनौटको माध्यमबाट प्रतियोगिताको लोकतान्त्रिकरणलाई सक्षम पार्दै आईएमई पे MUNU21 को लागि डिजिटल भुक्तानी साझेदार बनेको छ।

मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपाल एमयूएनले २०२१ को लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट सुरु गरिसकेको छ। यस बर्षको छोटो तर प्रभावकारी कार्यक्रमको फाइनल अक्टुबर ३० मा सम्पन्न हुँदैछ भने अक्टुबर १० मा क्वार्टर फाइनल पूरा हुने प्रबन्ध रहेकाले यस बेला शीर्ष ५० प्रतियोगीहरु ताजको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

आइएमई पे मिस युनिभर्स नेपाल २०२१ को डिजिटल भुक्तानी साझेदार रहने छ । जस अन्तरगत मिस युनिभर्स नेपाल २०२१ को सम्पूर्ण भोटिङ्ग गतिविधिहरु आइएमई पेको डिजिटल वालेट एप मार्फत हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १८ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार