चीनद्वारा विश्वकै अग्लो स्थानमा डाटा सेन्टर स्थापना, नेपालसहित दक्षिण एसियाली देश पनि लाभान्वित हुने

  • Technology Khabar | १८ आश्विन २०७८, सोमबार
चीनद्वारा विश्वकै अग्लो स्थानमा डाटा सेन्टर स्थापना, नेपालसहित दक्षिण एसियाली देश पनि लाभान्वित हुने

काठमाडौं ।

चीनले विश्वकै अग्लो स्थानमा रहेको कम्प्युटिङ डाटा सेन्टर बनाइरहेको बुझिएको छ।

उक्त सेन्टरले चीन तथा नेपाल, बंगलादेश र पाकिस्तान लगायतका अन्य दक्षिण एसियाली मुलुकहरुका डाटा स्टोरेजको आवश्यकता पूर्ति गर्ने बताइएको छ।

यसको पुष्टि चीनको आधिकारिक सञ्चारमाध्यमले बिहीबार गरेको हो।

यो डाटा सेन्टर तिब्बतको क्षेत्रीय शहर ल्हासामा रहेको हाइ टेक जोनमा रहेको छ भने यो ठाउँ समुद्री सतहदेखि ३ हजार ६५६ मिटरको उचाइमा रहेको छ।

सिन्ह्वा समाचार समितिले यही उचाइका आधारमा यो विश्वकै अग्लो स्थानमा रहेको डाटा सेन्टर भएको उल्लेख गरेको हो।

योजना गरिएको १ अर्ब ८० करोड डलरको लगानीमा बन्ने उक्त डाटा सेन्टर परियोजनाले विशेष गरी भिडियो रेन्डरिङ, अटोनोमस ड्राइभिङ, डिस्टेन्स लर्निङ डाटा ब्याकअपलगायतका सेवा दिने ल्हासामा रहेको निङसुआन टेक्नोलोजी ग्रुपले जानकारी दिएको छ।

यो सेन्टरबाट चीनकै मुख्य प्रदेश र शहरहरुका साथै नेपाल बंगलादेश पाकिस्तानका साथै दक्षिणपूर्वी एसियका केही भागहरु लाभान्वित हुने बुझिएको छ।

पहिलो चरणको परियोजना यसै वर्ष शुरुवात हुने रिपोर्टमा उल्लेख छ। पहिलो चरणको पूर्णतापछि डाटा सेन्टरमा १० हजार मेशिनको क्याबिनेट तथा २२ करोड ३५ लाख डलर बराबरको वार्षिक राजस्व संकलन हुने प्रक्षेपण गरिएको छ।

निङसुआनका उपाध्यक्ष तथा मुख्य बजार अधिकृत वाङ जुनले ल्हासामा अन्तरराष्ट्रिय सञ्चार सेवाको क्षेत्रीय ब्यूरो निर्माण भएपछि तिब्बत एउटा ठूलो डाटा औद्योगिक बेस बन्ने बताए।

यो पनि पढ्नुहोस्

नेपालसहित दक्षिण एसियाली देशहरुका लागि डाटा सेन्टरको प्रवेशद्धार बन्दै तिब्बत

प्रकाशित: १८ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार