कलरओएस पब्लिक बिटा सार्वजनिक, वनप्लस ९ ले सबैभन्दा पहिले पाउने

  • Technology Khabar | १८ आश्विन २०७८, सोमबार
कलरओएस पब्लिक बिटा सार्वजनिक, वनप्लस ९ ले सबैभन्दा पहिले पाउने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड वनप्लस ९ तथा वनप्लस ९ प्रो चीनमा हाइड्रोजनओएसबाट कलरओएमा जाँदैछन्। कम्पनीले हालै आधिकारिक रुपमा यसलाई फेरि प्रस्ट पारेको हो।

कम्पनीले आफ्नो कलरओएसको एकाउन्टमा यसको पब्लिक बिटा उपलब्ध गराएको जानकारी राखेको हो। साथै शुरुवातमा ओपो तथा वनप्लसका यूजरहरुले साइन अप गरेर अपडेट गर्न सक्ने बताएको हो।

यो बिटाले गत सेप्टमेबरको मध्यमा सार्वजनिक गरिएको क्लोज्ड बिटालाई पछ्याएको बुझिएको छ।

वनप्लस ९ फ्ल्यागशिप तथा ओपो फाइन्ड एक्स३ र ओपो फाइन्ड एक्स३ प्रो मा पनि यो अपडेट आउने भएको छ। तर कम्पनीले यी सबैमा कल्ओएस १२ का अलग अलग भर्सन प्रयोग हुने बताइएको छ।

प्रकाशित: १८ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार