एप्पलले यसै महिना एम१एक्स चिपसेटयुक्त म्याकबुक प्रो को घोषणा गर्ने

  • Technology Khabar | १८ आश्विन २०७८, सोमबार

काठमाडौं ।

एप्पलले आउँदो महिना एम१एक्स चिपसेटयुक्त म्याकबुक प्रो को घोषणा गर्ने भएको छ।

कम्पनीले अधिकांश म्याकका उत्पादनहरु अक्टोबर महिनामा घोषण गर्ने भएकाले मार्क गर्मनले हालै बाहिर ल्याएको यो जानकारीमा सत्यता रहेको आकलन गर्न सकिन्छ।

उनले हाल एप्पल सही बाटोमा आएर नयाँ एम१एक्स सिलिकनसहितको म्याकबुक प्रोको घोषणा गर्न लागेको बताए। उनकै हिसाबमा यो सिरिजमा एउटा हाइ इन्ड म्याक मिनी पनि थपिने भएको छ।

यो चिप आफैं दुई भेरियन्टमा आउने बुझिएको छ। त्यसैले म्याकबुक प्रो पनि दुई भेरियन्टकै हुनसक्ने आकलन गरिएको हो।

यी दुवै भेरियन्टमा ८ कोर हाइ पर्फर्मेन्सका लागि तथा बाँकी दुई कोर क्षमता अभिवृद्धिका लागि गरी १० कोर सीपीयू रहनेछन्। यी दुईमा जीपीयू भने फरक रहने र एउटामा १६ अर्कोमा ३२ कोर रहने बताइएको छ। यो यसअघि आएको चर्चा अनुरुपकै स्पेसिफिकेशन हो।

गर्मनले एम१एक्स यसअघि आएको एम१ चिपकै अझै सुधारिएको ग्राफिक्स सहितको अझ पेशेवर भएको बुझ्न सकिने बताए।

यसअघिका चर्चामा म्याकबुक प्रोमा एसडी कार्ड स्लट तथा एचडीएमआई लगायतका थुप्रै इनपुट/आउटपुट समावेश हुने तथा म्यागसेफमार्फत् चार्ज गर्न मिल्ने साथै यसको डिजाइन पनि पूर्ण रुपमा नयाँ हुने बताइएको थियो।

प्रकाशित: १८ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया