
काठमाडौं ।
एप्पलको हालैको प्रतिस्पर्धाविरोधी मुद्दाका क्रममा कम्पनीले एक्सबक्सको माइक्रो कर्पोरेशन, निन्टेन्डो को, एक्टिभिजन ब्लिजार्ड इंक तथा प्लेस्टेशन निर्माता सोनी कर्पको मिलाउँदा हुने आम्दानीभन्दा बढी रकम गेमिङबाट कमाउने गरेको खुलासा भएको छ।
यति आम्दानी हुनुमा कम्पनीको एप स्टोरमा भएको गेमको ३० प्रतिशत करको नीति मुख्य कारक रहेको बुझिएको छ।
यो आँकडाको मातलब एप्पल हालसम्म आफ्नो एउटै गेम नभए पनि विश्वमै गेमिङ क्षेत्रको मुख्य खेलाडीका रुपमा रहेको भन्ने हो।
हालै वालस्ट्रीट जर्नलमा आएको एक विश्लेषण अनुसार उक्त अवधिमा एप्पलको गेमिङमार्फतको सञ्चालन मुनाफामात्रै साढे ८ अर्ब रहेको छ जुन अन्य ४ कम्पनीहरुले सोही अवधिमा कमाएको रकम मिलाउँदा हुनेभन्दा बढी रहेको देखिएको छ।
तर एप्पलले ती दस्तावेजमा भएका आँकडा सही नभएको र वास्ताविकताभन्दा धेरै उल्लेख गरिएको आरोप लगाएको छ।
कम्पनीले दस्तावेजमा देखिएको सञ्चालन मुनाफा एप स्टोरमा हुने थुप्रै संयुक्त खर्चहरु नकटाई निकालिए पनि बताएको छ। विश्लेषणमा कम्पनीले गर्ने सबै आम्दानी उल्लेख ग्एको तर खर्च भने थोरैमात्र देखाइएको एप्पलको भनाइ छ।
यसअघि सेन्सर टावर नामक विश्लेषण संस्थाले निकालेको रिपोर्टमा एप्पलको एप स्टोरबाट हुने कुल आम्दानी १५ अर्ब ९० करोड डलर रहेको र योमध्ये ६९ प्रतिशत अर्थात् साढे ८ अर्ब भने गेमिङबाटै आएको बुझिएको छ।
प्रकाशित: १८ आश्विन २०७८, सोमबार