ह्वाइटहाउसले ३० देशको साइबर सुरक्षा बैठक संयोजन गर्ने

  • Technology Khabar | १८ आश्विन २०७८, सोमबार
ह्वाइटहाउसले ३० देशको साइबर सुरक्षा बैठक संयोजन गर्ने

काठमाडौं ।

ह्वाइट हाउसले साइबर सुरक्षालाई सम्बोधन गर्न ३० देशको बैठक संयोजन गर्ने भएको छ। उक्त कुरा राष्ट्रपति बाइडेनले शुक्रबार एक विज्ञप्तिमार्फत् जानकारी दिएका हुन्।

बाइडेनका अनुसार उक्त बैठकको शीर्षकमा साइबर अपराधसँग लड्ने, कानूक कार्यान्वयन साझेदारीमा सुधार गर्ने, क्रिप्टोकरेन्सीको अवैध कारोबारलाई निरुत्साहित पार्ने, विश्वासिलो फाइभजी प्रविधि तयार पार्ने तथा आपूर्ति श्रृङ्खलाको अझ सुरक्षा गर्नेजस्ता विषय समावेश हुनेछ।

‘हामी हानिकारक साइबर गतिविधिलाई परास्त गर्नका लागि क्वान्टम कम्प्युटिङ तथा आर्टिफिसियल इन्टेलिजेन्सजस्ता नयाँ प्रविधिको जोखिम र अवसर दुवैलाई व्यस्थापन गर्न हाम्रो क्षमताको चरम स्तरको प्रदर्शन गर्न लागेका छो,’ बाइडेनले उल्लेख गरेका छन्।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार पहिलो साइबर सुरषा बैठक भर्चुअल हिसाबले हुनेछ।

यी बैठकमा कोलोनियल पाइपलाइन र्यान्समवयर हमला, सोलरवाइन्ड्स सफ्टवयर आपूर्ति श्रृङ्खला हमला तथा माइक्रोसफ्ट एक्सचेन्जको सर्भर ह्याक लगायत अघिल्ला वर्ष भएका साइबर सुरक्षासम्बन्धी नाटकीय घटनाहरुको श्रृङ्खला रहनेछ।

क्रेम्लिनको हात रहेको भनिएको गत वर्षको सोलरवाइन्ड्स हमलापछि अमेरिकी राष्ट्रपति बाइडेन तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच गृष्म ऋतुमा बैठक नै भएको थियो।

बहुराष्ट्रिय साइबर सुरक्षा कदमहरुका साथै बाइडेन प्रशासनले स्थानीय रुपमा साइबर उत्थानशीलतामा सुधार ल्याउने कदम चालेको छ।

गत अगस्टमा बाइडेनले राष्ट्रको साइबर उत्थानशीलतामा सुधार ल्याउन गुगल, एप्पल तथा माइक्रोसफ्टलगायतका मुख्य प्रविधि कम्पनीहरुबाट निश्चित रकम खर्च गर्न प्रतिबद्धता पाइसकेका छन्।

यस्तै मे महिनामा उनले एउटा साइबर सुरक्षासम्बन्धी कार्यकारी आदेश जारी गर्दै संघीय एजेन्सीहरुलाई आफ्ना साइबर बचाउका उपयहरुलाई आधुनिक बनाउन आदेश दिएका थिए।

प्रकाशित: १८ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • १८ आश्विन २०७८, सोमबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • १८ आश्विन २०७८, सोमबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • १८ आश्विन २०७८, सोमबार