काठमाडौं ।
गुगलले पुराना एन्ड्रोइड फोनहरुमा एकाउन्ट तथा एप्लिकेशन एक्सेस गर्नबाट रोक्ने भएको छ।
एन्ड्रोइड शुरु भएको लामो समय भइसक्यो र प्रत्येक वर्षजस्तै नयाँ नयाँ भर्सनहरु पनि आइरहेका हुन्छन्। तर अझै पनि केही यूजरहरु जिन्जरब्रेड भर्सन नै चलाइरहेको कम्पनीको भनाइ छ।
यस्तोमा कम्पनीले माथिल्ला भर्सनहरुलाई बढावा दिन यस्ता धेरै पुराना भर्सनले एकाउन्ट तथा एप्लिकेशन एक्सेस गर्न नसक्ने बनाउन लागेको बुझिएको छ।
एन्ड्रोइड कम्युनिटी १२ भर्सनमा जुटिरहँदा अझै यस्ता पुराना अपरेटिङ सिस्टमयुक्त फोनहरु अस्तित्वमा रहेको र अहिले चले पनि निकट भविष्यमै यिनीहरु नचल्ने कम्पनीको भनाइ छ।
यसको मतलब जिन्जरब्रेड अर्थात् २.३.७ वा त्यसभन्दा पुरानो एन्ड्रोइड अपरेटिङ सिस्टम भएकाहरुले साइन गर्न पाउने छैनन्। त्यसबाहेक काम गर्दा गर्दै एपहरु नचल्ने वा ह्याङ हुन सक्ने पनि बताइएको छ।
यी फोनहरुमा नयाँ गुगल एकाउन्ट बनाउन चाहेमा वा डिभाइसमा लोड गर्न चाहेमा पनि असहजता आउन सक्नेछ। यूट्युब चल्ने छैन भने म्याप्स वा जीमेल पनि राम्रोसँग काम गर्ने छैनन्। ब्राउजर तथ अन्य एकाध एपले काम गरेपनि गुगल एक्सेस गर्न नसकिने कम्पनीको भनाइ छ।
प्रकाशित: १८ आश्विन २०७८, सोमबार