जेफ बेजोसद्वारा इन्डोनेसियाको स्टार्टअप कम्पनी यूलामा लगानी

  • Technology Khabar | १८ आश्विन २०७८, सोमबार
जेफ बेजोसद्वारा इन्डोनेसियाको स्टार्टअप कम्पनी यूलामा लगानी

काठमाडौं ।

अमेजनका संस्थापक तथा अर्बपति जेफ बेजोसले इन्डोनेसियाको स्टार्टअप कम्पनी यूलामा लागानी गरेका छन्।

हालै एउटा विज्ञप्ति जारी गर्दै यूलाले टेक क्रन्चलाई यसबारे जानकारी गराएको बुझिएको छ।

कम्पनीले सिरिज बी फाइनान्सिङ राउन्डमा ८ करोड ७० लाख डलर संकलन गरेको जनाएको छ। उक्त राउन्ड प्रोसस भेन्चर, टेन्सेन्ट तथा ब क्यापिटलको सह नेतृत्वमा भएको थियो।

बेजोसले नयाँ राउन्डमा लगानी गरेको खुलेको छ।

‘हामी सन् २०२० मा साना तथा छिमेकी खुद्रा व्यापारीलाई प्राविधिक रुपमा उत्थान गरेर आम्दानी बढाउने उद्देश्यले स्थापना भएका थियाैं। हामी प्रविधि, आपूर्ति श्रृङ्खला तथा डाडा-इनेबल गरिएको क्रेडिट अफरिङमा लगानी गरेर परम्परागत खुद्रा बिक्रेताको समस्या समाधान गर्न दीर्घकालीन सोचहसित अगाडि आएका छाैं’, यूलाका सह संस्थापक तथा सीईओ निपन मेहराले बताए।

उनका अनुसार यूलाका नयाँ लगानीकर्ताहरु वैश्विक विज्ञता भएका र कम्पनीको दीर्घकालीन सोचसँग तालमेल राख्ने खालका छन्। उनले यूलाको मिसनलाई बुझेर लगानीका लागि आएकामा सबैप्रति आभार व्यक्त गर्दै उनीहरुको अनुभवबाट सिक्ने तथा खुद्रा व्यिपारलाई अन्य नयाँ बजारमा लैजाने विचार पनि व्यक्त गरे।

प्रकाशित: १८ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...