
काठमाडौं ।
नेपालको अग्रणी विज्ञापन एजेन्सीमध्यको एक, प्रिज्मा एड्भर्टाईजिङले आफ्नो सफलताको ३०औँ वार्षिकउत्सव मनाएको छ । प्रिज्मा सन् १९९१ अक्टुवर १ मा स्थापना भएको हो । त्यस यता लगातार अघि बढिरहेको प्रिज्माले सबै ग्राहकहरुसँग निकट सम्बन्ध कायम गर्दै सेवाको उच्च स्तरलाई कायम राखेको छ ।
रचनात्मक नेतृत्व र ३६० डिग्रीको ब्रान्ड स्टिवार्डसिपको मूल उद्देश्यबाट अगाडि बढेको प्रिज्मा शुरुवातमा झैँ आज पनि त्यही उद्देश्यलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको छ ।
प्रिज्मा सन् २००४, २००५, २००६, २००७ र २००८ मा लगातार पाँच वर्ष उत्कृष्ट एजेन्सीको रुपमा सम्मानित एजेन्सी हो ।
प्रिज्माले अमेरिकाको एक प्रतिष्ठित कम्पनी जोन्सन एण्ड जोन्सनले प्रदान गर्ने अन्तर्राष्ट्रिय अवाड बेल रिङगर २०००’ समेत जितेको छ ।
प्रिज्माले सधैं आफुलाई विकसित उद्योगसंग समायोजित गर्दै अगाडि बढिरहेको छ र ग्राहकहरुको माग र अपेक्षाहरुलाई राम्ररी बुझेको प्रिज्मा एड्भर्टाइजिंगको मूख्य विशेषताहरु – रचनात्मक डिजाइन, अभियान निर्माण तथा कार्यान्वयन, ब्रान्डको रणनीति तथा विकास, प्रोडक्सन तथा फ्याब्रिकेशन, अडियो भिजुअल निर्माण, मिडिया तथा प्रेस विज्ञप्ति, पब्लिक रिलेशन तथा सामाजिक संजाल र डिजिटल मार्केटिंग रहेका छन् । प्रिज्माले कोका–कोला, बजाज पल्सर, मेरो मोबाइल, एनसेल, अर्घाखाँची सिमेन्ट, नेस्ट्ले, एभ्रीडे लगायत थुप्रै ग्राहकहरुका लागी सफलतापूर्वक अभियानहरु कार्यन्वयन गरेको छ।
प्रिज्मा एड्भर्टाइजिंगका सिइओ रञ्जीत आचार्यले भने, “हामीले यो स्थापनाकालको ३० वर्ष मनाइरहँदा, यसले मलाई एकछिन अडिएर, हामीलाई यस माइलस्टोनसम्म आइपुग्न मद्दत पुर्याएका सम्बन्धहरु र सपलताहरुको प्रतिबिम्ब गराएको छ। हामीमा सधैं विश्वास गर्ने सरोकारवालाहरु, साझेदारहरु तथा सम्पूर्ण प्रिज्मा परिवारको यस सफलतामा अहम भूमिका रहेको छ ।”
प्रकाशित: १७ आश्विन २०७८, आईतवार