डिशहोम फाइबरनेट सेवा कलैया, लाहान, भैरहवा र टौदहमा विस्तार

  • Technology Khabar | १७ आश्विन २०७८, आईतवार
डिशहोम फाइबरनेट सेवा कलैया, लाहान, भैरहवा र टौदहमा विस्तार

काठमाडौं ।

डिशहोम फाइबरनेटले उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा ईन्टरनेट सेवा सुरु गरेको हो। डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ।

देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरि सकेकोछ । नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै कलैया, लाहान, भैरहवा र टौदहमा पुगेको जानकारी बिक्रि प्रबन्धक मनोज शर्माले दिनु भएको छ र नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपुर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र बिराटनगर लगायत अन्य स्थानमा पुगिसकेको छ। छिटै नेपालगञ्ज, धनगढी र नारायणघाटमा पनि पुग्दैछ।

अहिले नेपालीहरुको घर आँगनमा चाड पर्वको मौसम छाई सकेको छ, यो रमाईलो पर्वको मौसमा थप खुशीयाली र उत्साह थप्न डिशहोम फाईवरनेटले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन गरेको छ । २०७८ असोज ११ गते देखि लागुहुने यो योजना अन्तरगत डिशहोम फाईवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् ।

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा वा नजिकैको डिशहोम डिलर दाईलाई सम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: १७ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार