यूएसबीसी २.१ स्ट्यान्डर्ड सार्वजनिक, २४०वाटसम्मको आउटपुट दिने

  • Technology Khabar | १७ आश्विन २०७८, आईतवार
यूएसबीसी २.१ स्ट्यान्डर्ड सार्वजनिक, २४०वाटसम्मको आउटपुट दिने

काठमाडौं ।

केही दिनअघि यूएबी-आईएफ संस्थाले पछिल्लो यूएसबी टाइप-सी इन्टरफेस तथा केबल भी२.१ भर्सन स्ट्यान्डर्ड प्रोटोकल सार्वजनिक गरेको थियो।

सार्वजनिक भएको नयाँ स्ट्यान्डर्डलाई यूएसबीसी २.१ भनिने र संस्थाले आधिकारिक रुपम पुष्टि गर्दै प्रदर्शन गरेको फोटोमा यसको पावर क्षमता भने १०० बाट २४० वाटमा पुर्याइएको छ।

यो फिचर भएका भविष्यमा आउने गेमिङ नोटबुकहरुमा छुट्टै पावर एडप्टर आवश्यक नपर्ने कम्पनीको भनाइ छ।

‘यूएसबी पीडी ३.१ स्पेसिफिकेशनले उच्च पवर क्षमता इनेबल गरेपछि यूएसबी टाइपसी केबल तथा कनेक्टरमार्फत् २४० वाटसम्मको आउटपुट लिन सकिनेछ। यूएसबी-आईएफले आफ्ना ग्राहकहरुका लागि सर्टिफाइड लोगो प्रोग्राम पनि सार्वजनिक गरेको छ’, यूएसबी आईएफका अध्यक्ष तथा सीओओ जेफ र्याभेनक्राफ्टले भने।

उनका अनुसार हालै अपडेट गरिएका लोगोमार्फत् यूजरहरुले सर्टिफाइड यूएसबी –सी केबलको यूएसबी पावर डेलिभरी तथा यूएसबी४ को प्रदर्शनको फरक थाहा पाउनेछन्। यसले ल्यापटप र स्मार्टफोन तथा डिस्प्ले र चार्जरहरुको इकोसिस्टमलाई बढाउन मद्दत गर्ने उनको भनाइ छ।

प्रकाशित: १७ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार