स्मार्टफोन क्षेत्रमा यो वर्षको अन्त्यसँगै चिप अभावको ठूलो असर रहने

  • Technology Khabar | १७ आश्विन २०७८, आईतवार
स्मार्टफोन क्षेत्रमा यो वर्षको अन्त्यसँगै चिप अभावको ठूलो असर रहने

काठमाडौं ।

गत वर्षदेखि विश्वव्यापी रुपमा हुँदै आएको सेमिकन्डक्टर चिपको अभावे यो वर्षको अन्त्यसम्मै स्मार्टफोन क्षेत्रमा ठूलो असर पुर्याउने आकलन गरिएको छ।

अटोमोटिभ तथा स्मार्ट होम एप्लायन्स लगायतका थुप्रै क्षेत्रलाई नराम्ररी प्रभावित पारेको चिप अभावले हालसम्म केही मात्रामा मात्र असर भोग्नुपरेको भए पनि यो असर वर्षभरी नै रहने एक रिपोर्टमा उल्लेख छ।

काउन्टरप्वाइन्ट रिसर्चका अनुसार चिप अभावले स्मार्टफोन उद्योगलाई नराम्ररी प्रभाव पारिरहेका कारण यो वर्षको स्मार्टफोन बिक्री अघिल्लो वर्षको १ अर्ब ५० ४५ करोडबाट घटेर १ अर्ब ४१ करोड थानमा झर्ने भएको छ।

यो परिवर्तन केही स्मार्टफोन निर्माताहरुले दोस्रो त्रैमासमा कम परिमाणमा उत्पादन गरेको र तेस्रो त्रैमासमा यसले अझ विकराल रुप लिएका कारण भएको बताइएको छ।

केही स्मार्टफोन निर्माताहरुले हाल आफूहरुलाई बजारबाट ७० प्रतिशत मात्रा माग आएको र यो आँकडा दोस्रो त्रैमासमा ८० प्रतिशत रहेको बताएका छन्। काउन्टरप्वाइन्टका अनुसार ९० प्रतिशत स्मार्टफोन बजार यसबाट प्रत्यक्ष प्रभावित भएको छ।

एप्लिकेशन प्रोसेसर अभावका सम्बन्धमा भने एप्पल अन्य कम्पनीहरु भन्दा बढी उत्थानशील देखिएको छ। यसैबीच सामसङ, शाओमी तथा ओपोलगायतका स्मार्टफोन निर्माताहरु क्वालकम र मिडियाटेकका चिपको कम उत्पादनका कारण समस्यामा परे।

प्रकाशित: १७ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार