Technology Khabar १७ आश्विन २०७८, आईतवार
काठमाडौं ।
भारतको रिलायन्स ग्रुपले आफ्नो कम लागतको स्मार्टफोन जियोफोन नेक्स्टको लागी सब्सिडी बढाउनु पर्ने देखिएको डिजिटाइम्सले उल्लेख गरेको छ।
कम्पनीको फोनमा पहिले अनुमान गरिएको भन्दा बढी सेमीकन्डक्टरको कमी र कम्पोनेन्ट्सको उच्च लागत को कारण भएको बताएको छ।
जियोफोन नेक्स्टको प्रक्षेपण कुनै निश्चित मिति बिना नै दिपावलीको आसपास धकेलिएको छ। यो फोन रिलायन्स र गुगल द्वारा सह-विकसित गरिएको हो।
आईआईएफएल सेक्युरिटीजका अनुसार रिलायन्सले जियोफोन नेक्स्टको लागि अनुदान कुल १५० अर्ब भारुबाट बढाएर १८७.५ अर्ब भारु पुर्याउनुपर्ने छ। र यो अनुदानमा करिब २५ प्रतिशतले बढाउन आवश्यक पर्ने बताईएको छ।
अर्को अर्थमा भन्दा प्रत्येक जियोफोन नेक्स्टको लागि रिलायन्सले भारु २ हजारको साटो अब भारु २ हजार ५०० अनुदान दिनुपर्ने आवश्यकता हुन्छ ।
यूबीएसले एक रिपोर्टमा उल्लेख गरेअनुसार रिलायन्सको लागी जियोफोन नेक्स्टको लागी बीओएमको लागत ५० डलर भन्दा कम गर्न निकै गाह्रो छ।
प्रकाशित: १७ आश्विन २०७८, आईतवार