
काठमाडौं ।
स्लो इन्टरनेट स्पीडले सबैलाई हैरान गर्दछ। कोरोनाको कारणले गर्दा, हामी मध्ये धेरैले घरमा वाईफाई इन्स्टल गरेका छौं, ताकि काम सजिलै गर्न सकियोस्। यदि त्यहाँ काम गर्ने समयमा इन्टरनेटको गतिमा सुस्तता भएमा त्यहाँ समस्या र तनाब हुने गर्दछ।
यो मात्र हैन, कहिले काहिँ इन्टरनेटको स्लो स्पीडले मनोरन्जनको बीचमा बाधा पैदा गर्दछ। यदि स्पीड सही तरिकाले आईरहेको छैन भने फिल्म हेर्ने वा गेम खेल्ने क्रममा रमाईलो हुँदैन्।
यदि तपाइँ पनि वाईफाई कनेक्सनको गति सुस्त भएको अनुभव गरिरहनुभएको छ भने हामी तपाईँलाई केहि तरिकाहरु बताइरहेका छौं जसले यसको गति बढाउन मद्दत गर्दछ ।
राउटरलाई सही ठाउँमा राख्नुहोस्:
राउटरले वाईफाई कनेक्सनको गतिमा धेरै महत्त्वपूर्ण भूमिका खेल्छ। यदि यो सही ठाउँमा राखिएको छैन भने सिग्नल ठिकसँग आउँदैन्, जसको कारण स्पीड घट्छ। वास्तव मा, एक वाईफाई कनेक्सनमा, संकेत विद्युत चुम्बकीय विकिरण (इलेक्ट्रोम्याग्नेटिक रेडिएशन)को माध्यमबाट पठाइन्छ जून केहि वस्तुहरुद्वारा अवरुद्ध हुनसक्छ वा केहि वस्तुहरुबाट पास हुनसक्छ।
उदाहरणको लागि यदि राउटर घरमा इलेक्ट्रोनिक सामानहरुको नजिक राखिएको छभने त्यहाँ राउटरबाट संकेत प्राप्त गर्नमा समस्या हुन सक्छ। यदि त्यहाँ राउटरमा एन्टेना छ भने यसको एन्टेनालाई ठाडो पारेर राख्नुहोस् ताकि यसले सिग्नल राम्रोसँग समात्न सक्छ।
वायरलेस रेन्ज एक्स्टेन्डर:
प्रत्येक वाईफाई उपकरणको एक निश्चित दायरा सम्मको क्षमता हुन्छ। यदि तपाइँ यसको दायरा भन्दा बाहिर हुनुहुन्छ भने तपाइँ बलियो संकेत पाउनुहुन्न र तपाइँको परफर्मेन्स ड्रप हुनेछ। यसको लागी तपाईँले दायरा विस्तार गर्ने डिभाइसको उपयोग गर्न सक्नुहुन्छ। जो राउटरबाट पाएको संकेतलाई टाढासम्म पठाउन सक्छ। रेन्ज एक्स्टेन्डरको आईपी ठेगाना फरक हुन्छ र यसलाई राउटर नजिक राखिएको हुनुपर्छ जसले गर्दा बलियो संकेत प्राप्त गर्न सक्नुहुन्छ।
वाईफाई राउटर रिबुट गर्नुहोस्:
वाईफाईबाट इन्टरनेटको गति बढाउनको लागी काम शुरू गर्नु अघि तपाईँको वाईफाई राउटरलाई रिबुट गर्नुहोस्। जतिसक्दो चाँडो तपाईँ यसलाई रिबुट गर्नुहुन्छ, यसको पुरानो मेमोरी खाली हुन्छ र सबै अपडेटहरु इन्स्टल हुन्छन्।
कसैसँग वाईफाई पासवर्ड साझा नगर्नुहोस्:
अन्त्यमा, एक बलियो वाईफाई कनेक्सनको आनन्द लिन तपाईँको वाईफाईको पासवर्ड कसैसँग साझा नगर्ने कोसिस गर्नुहोस् किनकि धेरै मानिसहरुले उपयोग गरेर पनि गति ढिलो हुन्छ। सकेसम्म समय समयमा वाईफाईको पासवर्ड परिवर्तन गरिरहनुस्।
प्रकाशित: १७ आश्विन २०७८, आईतवार