दक्षिण कोरियाको ब्रोडब्यान्ड संस्थाद्वारा धेरै ब्यान्डविथ खपत गरेको भन्दै नेटफ्लिक्समाथि मुद्दा दायर

  • Technology Khabar | १७ आश्विन २०७८, आईतवार
दक्षिण कोरियाको ब्रोडब्यान्ड संस्थाद्वारा धेरै ब्यान्डविथ खपत गरेको भन्दै नेटफ्लिक्समाथि मुद्दा दायर

काठमाडौं ।

दक्षिण कोरियाली इन्टरनेट सेवा प्रदायक एसके ब्रोडब्यान्डले नेटफ्लिक्समाथि बढेको नेटवर्क ट्राफिक र मर्मत थपिएको मर्मत खर्च ब्यहोर्नुपर्ने भन्दै मुद्दा दायर गरेको छ।

कम्पनीका प्रवक्ताका अनुसार नेटफ्लिक्सका कारण ह्वात्तै भ्यूअर बढेपछि त्यसले खपत गर्ने अतिरिक्त ब्यान्डविथ तथा त्यसले निम्त्याउने मर्मत खर्च बराबरको रकम भुक्तानी गर्न भन्दै मुद्दा दायर गरिएको बुझिएको छ।

यो मुद्दा सोउल अदालतले नेटफ्लिक्सले तार्किक रुपमै उक्त आईएसपीलाई उसको नेटवर्क प्रयोग गरेबापत् बदलामा केही दिनुपर्ने निर्णय सुनाएपछि आएको हो।

यसबाहेक थुप्रै दक्षिण कोरियाली नीति निर्माताहरुले नेटवर्क प्रयोग गरेबापत् भुक्तानी नगर्ने तर उल्लेख्य ट्रोफिक बढाउने कन्टेन्ट प्रोभाइडरका विरुद्धमा बोलेका थिए।

नेटफ्लिक्सले एसके ब्रोडब्यान्डको दावीमाथि समीक्षा गर्ने र हालका उपभोक्तालाई असर नपर्ने गरी समस्या सुल्झाउन वार्ताको वातावरण तय गर्ने बताएको छ।

हिट सिरिज स्क्विड गेमको लोकप्रियता तथा अन्य अफरिङहरुका कारण नेटफ्लिक्स देशकै यूट्युबपछिको बढी डाटा ट्राफिक बढाउने कम्पनी बनेको छ। तर यी दुवैले नेटवर्क प्रयोगबापतको शुल्क तिरेका भने छैनन्। अन्य कन्टेन्ट प्रोभाइडर फेसबुक तथा अमेजनलगायतले भने तिर्दै आएको एसके ब्रोडब्यान्डको भनाइ छ।

प्रकाशित: १७ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार