
काठमाडौं ।
एप्पलले हालै परिवर्तन गरेको आफ्नो गोपनीयता नीतिले फेसबुक तथा गुगलले इन्टरनेट विज्ञापन बजारमा कायम गरेको वर्चस्व तोड्दै त्यसै क्षेत्रमा लाग्ने संकेत गरेको बुझिएको छ।
यो संकेत हालै आरबीसी रिसर्च सेन्टर नामक विश्लेषक संस्थाले गरेको हो।
गत अप्रिलमा गरिएको सफ्टवयर अपडेटपछि अधिकांश आईफोनमा कुनै यूजरलाई एपले आफ्नो गतिविधि ट्र्याक गर्न सक्ने भन्ने विकल्प छान्न दिएको छ।
यो यस्तो जानकारी हो जुन फेसबुकलगायतका कम्पनीले यूजरलाई लक्षित विज्ञापन सोझै दिन र त्यसको प्रभाव मापन गर्नका लागि प्रयोग गर्ने गर्छन्।
एप्पलले एप ट्र्याकिङ ट्रान्सपरेन्सी नाम दिएको यो फिचरले फेसबुकलगायतका थुप्रै डिजिटल विज्ञापन तथा मोबाइल गेमिङ कम्पनीलाई चिन्तामा पारेको छ। उनीहरुको चिन्ता विभिन्न ब्रान्डलाई उनीहरुका प्लेटफर्ममा विज्ञापन गर्न महंगो पर्न जान्छ भन्ने हो।
‘हामी यो गोपनीयता परिवर्तन नीतिलाई एप्पलले विश्वव्यापी विज्ञापन बजारमा प्रतिस्पर्धा गर्न खोजेको हिसाबले बुझेका छाैं’, आरबीसीका विश्लेषक ब्राड एरिक्सनले एउटा क्लाइन्ट नोटमा बिहीबार उल्लेख गरेका छन्।
उनले एप्पल यो क्षेत्रमा आए फेसबुक, अमेजन तथा अल्फाबेटको प्रदर्शनलाई उछिन्ने पनि बताए।
उनले विज्ञापनलाताहरुसँग अन्य विकल्प नभएमा र एप्पलकै मार्फत् विज्ञापन गर्नु परेमा गुगलको यूट्युब तथा अमेजनको कनेक्टेड टीभीका विज्ञापनकर्ताहरुलाई अर्को एउटा भरपर्दो विकल्प सिर्जना हुने पनि बताए।
प्रकाशित: १७ आश्विन २०७८, आईतवार