नासाद्वारा जमीनमै रहेको अन्तरिक्षको जस्तै वातावरण भएको स्पेश सेन्टरमा जाने ४ स्वयंसेवक छनोट

  • Technology Khabar | १७ आश्विन २०७८, आईतवार
नासाद्वारा जमीनमै रहेको अन्तरिक्षको जस्तै वातावरण भएको स्पेश सेन्टरमा जाने ४ स्वयंसेवक छनोट

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले हालै हेरा नामको एउटा मंगल ग्रहको वातारण भएको स्पेश स्टेशनमा रहनका लागि ४ जना स्वयंसेवक अन्तरिक्षयात्रीको चयन गरेको छ।

अक्टोबर १ बाट ती स्वयंसेवक अन्तरिक्षयात्रीहरुले ४५ दिनसम्म नासाको जमीनमै रहेको एउटा फरक अन्तरिक्ष केन्द्र जोन्सन स्पेश सेन्टरमा बिताउनेछन्।

यो स्टेशन खोजकर्ताको यात्राका क्रममा आइपर्ने एकान्तवास तथा दुर्गम अवस्थाहरुसहितको वातावरण सिर्जना गरेर बनाइएको छ। यसलाई ह्युमन एक्स्प्लोरेशन रिसर्च एनालग अर्थात् हेरा भन्ने नाम दिइएको छ।

यो काल्पनिक यात्रमा त्यसमा  सहभागी सदस्यलाई फोबोसको नजिक पुर्याउने र त्यहाँबाट बाहिरी दुनियाँमा सञ्चार सम्पर्क पनि ढीला हुने बताइएको छ।

ती यात्रहरु फोबोस भित्रै प्रवेश गरेपछि भने यो ढिलाइ प्रतिदिन ५ मिनेटका दरले हुनेछ जसले त्यहाँका सदस्यहरुलाई एक आपसमा सञ्चार सम्पर्क गर्दा अन्तरिक्ष मिसनलाई प्रभाव नपर्ने गरी गर्ने बानी बसाउँछ। यसबाहेक ती सदस्यले अन्यत्रको सहयोग वा निर्देशन बिना नै स्वायत्त रुपमा मिसन सफल पार्न सक्ने नासाको भनाइ छ।

यो मिसन हेराको छैटै अभियान हो। यसमा अन्य तीन ओटा मिसनहरु पनि थपिनेछन् जसमध्ये सबैभन्दा अन्तिम आगामी सन् २०२२ सेप्टेम्बर १२ मा हुनेछ।

नासाको ह्युमन रिसर्च प्रोग्रामले यस मिसन अवधिभर १५ ओटा अध्ययन गर्ने र तीमध्ये ७ ओटा दोहोर्याइएका र ८ ओटा नयाँ रहनेछन्।

यी मिसनबाट संकलित तथ्याङ्कले नासाको आसन्न आर्टेमिज खोजका लागि तयार हुन मद्दत गर्ने साथै चन्द्रमाको द्वारसम्म र अन्ततोगत्वा मंगल ग्रहसम्मकै यात्राका लागिम मार्गप्रशस्त गर्ने एजेन्सीको अपेक्षा छ।

प्रकाशित: १७ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...