इन्टरनेटको तार काटिदिएपछि कुलमान विरुद्ध नाराबाजी, व्यवसायिक सुरक्षाको माग (हेर्नुस् भिडियो)

  • Technology Khabar | १६ आश्विन २०७८, शनिबार
इन्टरनेटको तार काटिदिएपछि कुलमान विरुद्ध नाराबाजी, व्यवसायिक सुरक्षाको माग (हेर्नुस् भिडियो)

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले चितवनमा इन्टरनेट सेवाको तार काटिदिएसँगै इन्टरनेट ब्ल्याकआउट भएको छ। चितवनका अधिकांश क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको छ। विद्युत प्राधिकरणले हचुवाको भरमा तार काटिदिएको भन्दै व्यवसायीहरु आक्रोसित भएका छन् ।

उनीहरुले पोल भाडा तिरेको इन्टरनेट सेवा प्रदायकहरुको समेत तार काटेको भन्दै आक्रोसित भएका हुन् ।

स्थानीय व्यवसायीहरुले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानको घिसिङ निर्देशमा तार काटिएको र व्यवसाय गर्न समस्या सिर्जना गरेको भन्दै उनको विरुद्ध नाराबाजी शुरु गरेका छन् ।

उनीहरुले व्यवसायको सुरक्षा हुनुपर्ने र जनतालाई दुख दिन नपाईने भन्दै नाराबाजी शुरु गरेका हुन् ।

त्यसैगरि उनीहरुले कुलमानको विरुद्ध समेत नाराबाजी गरेका छन् ।

हेर्नुस् भिडियो-

प्रकाशित: १६ आश्विन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार