
काठमाडौं ।
आरटीजीएस प्रणाली भोली असोज १६ गते शनिवार पनि सुचारु रहने भएको छ।
नेपाल राष्ट्र बैंकले शनिवार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको छ।
बैंककाअनुसार विकास ऋणपत्र २०८६ ‘क’ को ब्याज भुक्तानी प्रयोजनको लागि आरटीजीएस प्रणाली सुचारु रहने भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशकद्धारा जारी सूचनामा उल्लेख छ।
प्रकाशित: १५ आश्विन २०७८, शुक्रबार