दूरसञ्चार प्राधिकरणको कर्मचारी यूनियनमा विजय कुमार राय यादव नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

  • Technology Khabar | १५ आश्विन २०७८, शुक्रबार
दूरसञ्चार प्राधिकरणको कर्मचारी यूनियनमा विजय कुमार राय यादव नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनको नेतृत्वमा विजय कुमार राय यादव निर्वाचित भएका छन्। उनले आज शुक्रबार भएको निर्वाचनमा आफ्ना प्रतिद्धन्दी शिवराज जैसीलाई हराएर नेतृत्व हात पारेका हुन्।

कुल ५३ मत खसेकोमा उनले २७ मत ल्याएका थिए भने जैसीले २६ मत ल्याएको निर्वाचन संयोजक मिन प्रसाद अर्यालले जानकारी दिए।

त्यसैगरि उपाध्यक्षमा रचिता आचार्य निर्वाचित भएकि छन्। सचिवमा कैलाश कार्कीले जित हात पारेका छन भने कोषाध्यक्षमा धर्मेन्द्र मेहताले जितेका छन् । सदस्य त्रयमा सोनु केसी, राजेन्द्र विक्रम शाही र बिष्णुहरी फुयाँल निर्वाचित भएको अर्यालले जानकारी दिए ।

यसअघिको प्राधिकरण कर्मचारी यूनियनले सामुहिक राजीनामा दिएसँगै निष्क्रिय रहेको दूरसञ्चार प्राधिकरणको स्वतन्त्र कर्मचारी युनियन करिब २ वर्षपछि निर्वाचनमार्फत सक्रिय भएको हो।

प्राधिकरणमा सहायक निर्देशकसम्मका कर्मचारीहरु यूनियनमा सहभागी हुनसक्ने प्रावधान छ।

प्रकाशित: १५ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...